गण्डक न्युज पोखरा, ११ चैत / सनराइज बैंक लिमिटेडले बचतकर्ताहरुको लागि स्वास्थ्य तथा दुर्घटना बीमा योजना कार्यक्रम सार्वजनिक गरेको छ । हरेक बचतखाताको बचतकर्तालाई डबल सुरक्षा हुने गरी योजना ल्याइएको बैंकका पोखरा शाखाका प्रबन्धक नितेश रेग्मीले बताए ।
बैंकले सार्वजनिक गरेको स्वास्थ्य बीमा सुविधा अन्तर्गत खातामा भएको ३६५ दिनको भारीत औषत निक्षेपको २५ प्रतिशत वा बिल रकम मध्येको जुन रकम न्यून हुनेछ सो रकम एक लाखले नबढ्ने गरी दाबी गर्न सकिने व्यवस्था छ ।
बचत खाताका ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउने शाखाकी मार्के्टिङ अफिसर श्रीला श्रेष्ठले जानकारी दिइन ।
‘तपाईको बचत तपाईकै सुरक्षामा’ नारा सहित बैंकले ल्याएको बीमा कार्यक्रम प्रभावकारी हुने बताउँदै बैंकका उज्जवल घिमिरेले बचतकर्ताहरु यस योजनाबाट लाभान्वित हुने जनाए ।
स्वास्थ्य उपचार बीमा सुविधा प्राप्त गर्न बैंकले सर्तहरु समेत अघि सारेको छ । बचतखातका चतकर्ताहरु यस सुविधाको योग्य हुने, बचतकर्ता स्वयंमले मात्रै यो सुविधा प्राप्त गर्ने, बचतकर्ताको परिवारजनलाई भने यो सुविधा नपाउने, प्रत्येक बचतकर्ताले वर्षको एक पटक स्वास्थ्य उपचार बीमा दाबी गर्न पाउने,बचतकर्ताले खाता खोलेको पहिलो दिनबाटै यो सुविधाको उपोग गर्न पाउने बैंकले जनाएको छ ।
बीमा दाबी गर्नका लागि बैंकले रोग वा उपचार र प्रकृतिको बारेमा पनि सर्तहरु लागू गरेको छ । दुर्घटना बीमा सम्बन्धमा बचतकर्ताको मृत्यु वा स्थायी प्रकृतिको अशक्त भएमा पाँच लाख नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको चार गुणा क्षतिपूर्ति उपलब्ध गराइने बैंकले जनाएको छ ।
बचतकर्ताले स्वास्थ्य बीमा दाबि गर्नका लागि बैंकले सम्बन्धन लिएका अस्पतालहरुबाट मात्रै सुविधा लिनुपर्ने जनाइएको छ । स्वास्थ्य बीमाको लागि बैंकले शिखर इन्स्योरेन्ससँग सहकार्य गरी योजना सार्वजनिक गरेको हो ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो