गण्डक न्युज पोखरा, १४ चैत / पोखराबाट नारायणगढतर्फ जाँदै गरेको मिनीबस तल्लो गगनगौंडा नजिकै लामे आहालमा मा दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ ।
पोखरा-भरतपुर- बुटवल- सुनाैली चल्ने पृथ्वी यातायातको ना ५ ख ३४१ नम्बरको उक्त बस बिहान पौने आठ बजेतिर दुर्घटना भएको हो ।
गगनगौंडा स्थित सडकबाट २० मिटर तल खस्दा लमजुङ धमिलिकुवाँ घर भएका २६ वर्षीय सुजन गुरुङको मृत्यु भएको हो । उनी बसका सहचालक समेत हुन् । उनले नै गाडी चलाएकाे स्थानीयकाे भनाई छ । उनलाई उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरामा ल्याईएकाेमा उपचारकै क्रममा मृत्यु भएकाे हाे ।
घाईते हुनेहरुमा पोखरा लामाचौर १९ का ३० रमेश गैरे, २४ वर्षीय शंकर नेपाली, पोखरा १४ चाउथेका २१ वर्षिय विमश सुनार, चितवनकी ३४ वषीएया विना गुरुङ, नवलपरासी वर्दघाटकी १७ वर्षीया सुस्मा तिवारी, चितवन भरतपुर ८ का ५२ वर्षीय सुदीप पौडेल, ६१ वर्षीय गौरीशंकर रेग्मी, पोखरा १२ भृकुटिटोलकी ८ वर्षीया सुविना गुरुङ, पोखरा १४ का ३५ वर्षीय धनबहादुर सुनार रहेका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । अवस्था सबैको मध्यम रहेको कास्की प्रहरीले जनाएको छ ।
यस्तै, पर्वत फलेवासका ३१ वर्षीय रामप्रसाद पाठकको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा ३२ पृथ्वीराजमार्ग, तल्लो गगनगौडा स्थित प्रस्तावित बसपार्क एरियामा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख डिएसपी गोविन्द पुरीले गण्डक न्युजलाई जानकारी दिए ।
पृथ्वी राजमार्गबाट बस कम्तिमा ४० फिट तल खसेर भरतपोखरीतर्फ जाने बाटोसम्म पुगेको छ ।
घाईतेहरू:
तस्विर: सुदिप पाैडेल, कविराज खनाल
नोट: सूचना दिने श्रोतका कारण समाचारमा नाम अन्यथा हुन गएकोमा सच्याईएको छ ।
सम्बन्धित खबर
बेगनासतालको मोटरबोटलाई पोखरा महानगरले बन्द गरिदियो
‘कन्दरा लाइभ कन्सर्ट’ पुस २७ गते पोखरा प्रदर्शनी केन्द्रमा
तनहुँमा डेंगु सङ्क्रमणबाट थप एक बालकको मृत्यु
आइटीएफ जे–३० मा सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न
पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
पाँचौ युनिप्स खेल महोत्सवको पोखरा रंगशालामा उद्घाटन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका