गण्डक न्युज पोखरा, १४ चैत / पोखराबाट नारायणगढतर्फ जाँदै गरेको मिनीबस तल्लो गगनगौंडा नजिकै लामे आहालमा मा दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ ।
पोखरा-भरतपुर- बुटवल- सुनाैली चल्ने पृथ्वी यातायातको ना ५ ख ३४१ नम्बरको उक्त बस बिहान पौने आठ बजेतिर दुर्घटना भएको हो ।
गगनगौंडा स्थित सडकबाट २० मिटर तल खस्दा लमजुङ धमिलिकुवाँ घर भएका २६ वर्षीय सुजन गुरुङको मृत्यु भएको हो । उनी बसका सहचालक समेत हुन् । उनले नै गाडी चलाएकाे स्थानीयकाे भनाई छ । उनलाई उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरामा ल्याईएकाेमा उपचारकै क्रममा मृत्यु भएकाे हाे ।
घाईते हुनेहरुमा पोखरा लामाचौर १९ का ३० रमेश गैरे, २४ वर्षीय शंकर नेपाली, पोखरा १४ चाउथेका २१ वर्षिय विमश सुनार, चितवनकी ३४ वषीएया विना गुरुङ, नवलपरासी वर्दघाटकी १७ वर्षीया सुस्मा तिवारी, चितवन भरतपुर ८ का ५२ वर्षीय सुदीप पौडेल, ६१ वर्षीय गौरीशंकर रेग्मी, पोखरा १२ भृकुटिटोलकी ८ वर्षीया सुविना गुरुङ, पोखरा १४ का ३५ वर्षीय धनबहादुर सुनार रहेका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । अवस्था सबैको मध्यम रहेको कास्की प्रहरीले जनाएको छ ।
यस्तै, पर्वत फलेवासका ३१ वर्षीय रामप्रसाद पाठकको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा ३२ पृथ्वीराजमार्ग, तल्लो गगनगौडा स्थित प्रस्तावित बसपार्क एरियामा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख डिएसपी गोविन्द पुरीले गण्डक न्युजलाई जानकारी दिए ।
पृथ्वी राजमार्गबाट बस कम्तिमा ४० फिट तल खसेर भरतपोखरीतर्फ जाने बाटोसम्म पुगेको छ ।
घाईतेहरू:

तस्विर: सुदिप पाैडेल, कविराज खनाल
नोट: सूचना दिने श्रोतका कारण समाचारमा नाम अन्यथा हुन गएकोमा सच्याईएको छ ।

सम्बन्धित खबर
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए