गण्डक न्युज पोखरा, १४ चैत / पोखराको जिरोकिलोमिटरदेखि विन्ध्यवासिनीसम्मको चार लेनको सबैभन्दा फराकिलो सडक । सो सडक खण्डमा दुर्घटनामा वृद्धि भएको छ । धेरैजसो त साँघुरो पुलका कारण फिर्के पुलमै खस्ने गरेको छ । यस्तै, फराकिलो बाटो भएका कारण सवारी स्पिड हुँदा दुर्घटना हुने गरेको छ ।
तीब्र गतिको जीपको ठक्करले पोखराकी महिला गम्भिर घाईते हुन पुगेकी छन् । मंगलबार बेलुकी ७ः२० बजे बाग्लुङ बसपार्कदेखि जिरोकिलोमिटरतर्फ गईरहेको ग१ज ६०९३ को जिपले पोखरा ५, फिर्के पुल नजिकै जेब्रा क्रसिङबाट बाटो काट्न लागेका महिलाको समूहलाई ठक्कर दिएको हो ।
ठक्करबाट पोखरा ४ निवासी सरस्वती पोखरेल पराजुली गम्भिर घाईते भएकी छन् । तीन जना बाटो काटेकोमा सावित्री क्षेत्रीलाई सामान्य चोट लागेको छ । ५० वर्षीया सरस्वती पोखरा लेखनाथ महानगरपालिका कार्यालयमा सामाजिक विकास शाखामा कार्यरत ना.सु हुन् ।
घाईते सरस्वती पराजुली
उनको टाउकोमा गहिरो चोट लागेकाले फिस्टेल हस्पिटलमा भर्ना गरी टाउकोको शल्यक्रिया नै गरिएको छ । उनको अवस्था निकै गम्भिर रहेको छ । सामाजिक क्षेत्रमा समेत उक्तिकै क्रियाशिल सरस्वती स्थानीय जनहित महिला समूहकी अध्यक्ष पनि हुन् ।
४५ वर्षीया क्षेत्रीको भने आँखामा चोट लागेको छ । स्पिडकै कारण यही चैत ७ गते मात्रै कास्कीको माछापुच्छ्रे ६ निवासी पानबहादुर क्षेत्रीको स्कुटर दुर्घटनामा मुत्यु भएको थियो ।
.
सम्बन्धित खबर
पोखराको बेगनासतालमा एक युवकको शव फेला
कास्कीका माधवको शव स्याङ्जाको मिर्मिमा भेटियो, बागलुङका डम्बरको अत्तोपत्तो छैन
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई
माधव र डम्बर अझै फेला परेनन्, माधवको पर्स आमाले भेटिन्
एमालेको गण्डकी प्रदेश अधिवेशनमा ओली अनुपस्थित, महासचिव पोखरेल प्रमुख अतिथि
ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल