गण्डक न्युज पोखरा, चैत १४ । लाखौं रकम ठगी आरोपमा एक महिला समातिएपछि प्रहरी हवल्दार समेत यस प्रकरणमा मुछिएका छन् ।
कास्कीको दाङसिङ घर भई पोखरा २ बस्ने निशु परियार (थापा भनेर चिनाउने) सँग मिलेर ब्याजमा पैसा लिएको र फिर्ता नदिएको आरोप प्रहरी हवल्दार सुमन अधिकारीलाई लागेको हो ।
हवल्दार अधिकारी पोखरा लेखनाथ महानगरपालिका १८ सराङकोटस्थित बाल सुधार गृहमा कार्यरत छन् । एक हप्ता अघिसम्म उनी जिल्ला प्रहरी कार्यालयमै रहेको बुझिएको छ । जबर्जस्ती करणी मुद्धामा गृहमा रहेका १४ वर्षीय बालक भागेपछि प्रहरी टोली परिवर्तन गर्दा अधिकारी त्यहाँ पुगेका थिए । ३५ वर्षीय प्रहरी हवल्दार अधिकारीको घर गोर्खा आरुपोखरी रहेको बुझिन आएको छ ।
सापट माग्ने, ब्याज दिन्छु भन्दै धेरैजनासँग रकम लिएको मौखिक उजुरी परेको र घटनामा प्रहरी हवल्दारको संलग्नता रहेको आरोप आएपछि सोधपुछ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले पुष्टि गरे ।
‘मौखिक उजुरी परेपछि सोधपुछका लागि महिलालाई नियन्त्रणमा लियौं । यसमा मुछिएपछि हवल्दारलाई पनि सोधपुछ गरेका हौं । लाखौं, करोडौं प्रहरीले ठग्यो भन्ने समाचार गलत हो । अनुसन्धान भईरहेको छ ।’ डिएसपी खत्रीले भने । उनले प्रहरी हवल्दारलाई हिरासतमा राखेको कुरा पनि नकारे । उनले कति जनाको कति रकम खाएको भन्ने अझै नखुलेको पनि बताए ।

प्रहरीका अनुसार रकम लिएर फिर्ता नदिएको भन्दै स्थानीय सुकमाया गुरुङ पनि जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिईन् । उनले १५ लाख रुपैंया ठगी गरेको बताएकी छिन् । यद्यपी, ठगिएकाहरुले किटानी जाहेरी नदिएकाले कसको कति रकम ठगी भयो भन्नेबारे खुलेको छैन । मौखिक शर्तका आधारमा पैसा दिएको तर प्रमाण नभएको उनीहरु बताउँछन् ।
शुरुमा निशुले चिनजान गर्ने र सम्बन्ध बाक्लो बनाउँदै गएपछि ब्याजमा पैसा माग्ने गरेको पीडित बताउँछन् । पैसा दिन आनाकानी गरे हवल्दार अधिकारी गएर फिर्ता नदिए मै दिन्छु भन्दै पैसा दिन बाध्य पार्ने गरेको ठगिएकाहरुको भनाई छ । कागज गरेर मात्र दिन्छु भन्दा हवल्दार अधिकारीले पैसा कागजले दिने हो र ? हामीले दिन्छौं भनेर दवाब दिने गरेको उनीहरुले बताएका छन् । धेरै समयसम्म पैसा नदिएछि ठगिएको महसुस गरी उजुरी गरेको पीडित भनिनेहरुको भनाई छ ।
सम्बन्धित खबर
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु