गण्डक न्युज पोखरा, चैत १४ । लाखौं रकम ठगी आरोपमा एक महिला समातिएपछि प्रहरी हवल्दार समेत यस प्रकरणमा मुछिएका छन् ।
कास्कीको दाङसिङ घर भई पोखरा २ बस्ने निशु परियार (थापा भनेर चिनाउने) सँग मिलेर ब्याजमा पैसा लिएको र फिर्ता नदिएको आरोप प्रहरी हवल्दार सुमन अधिकारीलाई लागेको हो ।
हवल्दार अधिकारी पोखरा लेखनाथ महानगरपालिका १८ सराङकोटस्थित बाल सुधार गृहमा कार्यरत छन् । एक हप्ता अघिसम्म उनी जिल्ला प्रहरी कार्यालयमै रहेको बुझिएको छ । जबर्जस्ती करणी मुद्धामा गृहमा रहेका १४ वर्षीय बालक भागेपछि प्रहरी टोली परिवर्तन गर्दा अधिकारी त्यहाँ पुगेका थिए । ३५ वर्षीय प्रहरी हवल्दार अधिकारीको घर गोर्खा आरुपोखरी रहेको बुझिन आएको छ ।
सापट माग्ने, ब्याज दिन्छु भन्दै धेरैजनासँग रकम लिएको मौखिक उजुरी परेको र घटनामा प्रहरी हवल्दारको संलग्नता रहेको आरोप आएपछि सोधपुछ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले पुष्टि गरे ।
‘मौखिक उजुरी परेपछि सोधपुछका लागि महिलालाई नियन्त्रणमा लियौं । यसमा मुछिएपछि हवल्दारलाई पनि सोधपुछ गरेका हौं । लाखौं, करोडौं प्रहरीले ठग्यो भन्ने समाचार गलत हो । अनुसन्धान भईरहेको छ ।’ डिएसपी खत्रीले भने । उनले प्रहरी हवल्दारलाई हिरासतमा राखेको कुरा पनि नकारे । उनले कति जनाको कति रकम खाएको भन्ने अझै नखुलेको पनि बताए ।

प्रहरीका अनुसार रकम लिएर फिर्ता नदिएको भन्दै स्थानीय सुकमाया गुरुङ पनि जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिईन् । उनले १५ लाख रुपैंया ठगी गरेको बताएकी छिन् । यद्यपी, ठगिएकाहरुले किटानी जाहेरी नदिएकाले कसको कति रकम ठगी भयो भन्नेबारे खुलेको छैन । मौखिक शर्तका आधारमा पैसा दिएको तर प्रमाण नभएको उनीहरु बताउँछन् ।
शुरुमा निशुले चिनजान गर्ने र सम्बन्ध बाक्लो बनाउँदै गएपछि ब्याजमा पैसा माग्ने गरेको पीडित बताउँछन् । पैसा दिन आनाकानी गरे हवल्दार अधिकारी गएर फिर्ता नदिए मै दिन्छु भन्दै पैसा दिन बाध्य पार्ने गरेको ठगिएकाहरुको भनाई छ । कागज गरेर मात्र दिन्छु भन्दा हवल्दार अधिकारीले पैसा कागजले दिने हो र ? हामीले दिन्छौं भनेर दवाब दिने गरेको उनीहरुले बताएका छन् । धेरै समयसम्म पैसा नदिएछि ठगिएको महसुस गरी उजुरी गरेको पीडित भनिनेहरुको भनाई छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु