पोखरा, १४ चैत । पोखरातर्फ आउँदै गरेको ट्याक्सी मंगलबार स्याङ्जा पुतलिबजार नगरपालिका १० सुम्रेखोलामा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
सुम्रेखोला स्थित सिद्धार्थ राजमार्गमा बाटो छेउमा रोकि राखेको ग१क ३६३८ नम्बरको टिपरमा वालिङबाट पोखरातर्फ आउँदै गरेको ग१ज ३४३९ नम्बरको भाडाको ट्याक्सी अनियन्त्रित भई ठोक्किदा ट्याक्सीमा सवार चालक सहित ५ जना घाईते भएका हुन् । दुर्घटनामा परी घाइते भएकाहरु मध्ये २ जनालाई मणिपाल अस्पताल पोखरामा रिफर गरीएको र ३ जनाको जिल्ला अस्पताल स्याङजामा उपचार भइरहेको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले बताए ।
दुर्घटनामा परी घाइते हुनेहरु मध्येका स्याङंजा वालिङ नगरपालिका ८ बस्ने ५० बर्षीय ट्याक्सी चालक थान बहादुर मगर र २५ बर्षीया भानु मगरलाई मणिपाल अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी पोखरा लेखनाथ महानगरपालिका ५ पर्स्याङ् निवासी २६ बर्षीय धन कुमारी कुँवर, पर्बत हातेमालो गाउँपालिका ४ निवासी ७४ बर्षीय गौमती राना र ५२ बर्षीय दुर्गा कुमारी रानाको जिल्ला अस्पताल स्याङजामा उपचार भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।
टिपर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो