पोखरा, १४ चैत । पोखरातर्फ आउँदै गरेको ट्याक्सी मंगलबार स्याङ्जा पुतलिबजार नगरपालिका १० सुम्रेखोलामा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
सुम्रेखोला स्थित सिद्धार्थ राजमार्गमा बाटो छेउमा रोकि राखेको ग१क ३६३८ नम्बरको टिपरमा वालिङबाट पोखरातर्फ आउँदै गरेको ग१ज ३४३९ नम्बरको भाडाको ट्याक्सी अनियन्त्रित भई ठोक्किदा ट्याक्सीमा सवार चालक सहित ५ जना घाईते भएका हुन् । दुर्घटनामा परी घाइते भएकाहरु मध्ये २ जनालाई मणिपाल अस्पताल पोखरामा रिफर गरीएको र ३ जनाको जिल्ला अस्पताल स्याङजामा उपचार भइरहेको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले बताए ।
दुर्घटनामा परी घाइते हुनेहरु मध्येका स्याङंजा वालिङ नगरपालिका ८ बस्ने ५० बर्षीय ट्याक्सी चालक थान बहादुर मगर र २५ बर्षीया भानु मगरलाई मणिपाल अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी पोखरा लेखनाथ महानगरपालिका ५ पर्स्याङ् निवासी २६ बर्षीय धन कुमारी कुँवर, पर्बत हातेमालो गाउँपालिका ४ निवासी ७४ बर्षीय गौमती राना र ५२ बर्षीय दुर्गा कुमारी रानाको जिल्ला अस्पताल स्याङजामा उपचार भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।
टिपर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
मुस्ताङको लेतेदेखि कोरलासम्म दुई सातादेखि रोकिए ५ सय बढी कन्टेनर
माइक्रोबसको ठक्करबाट महिला घाइते
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
बेगनास तालमा डुबेर युवकको मृत्यु
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य