चिसोले रोकिएको जोमसोम–कोरला सडकको काम धमाधम सुरु

चिसोले रोकिएको जोमसोम–कोरला सडकको काम धमाधम सुरु

Jomsom korala

सुन्दर कुमार थकाली, मुस्ताङ १६ चैत्र / उत्तर-दक्षिण व्यापारिकमार्ग विस्तारित आयोजना,कालिगण्डकी करिडोर अन्तर्गत लामो समयदेखि चिसोले रोकिएको बहुचर्चित जोमसोम–कोरला सडकखण्डको काम पुनः धमाधम सुरु भएको छ ।

चिसो सिरेटो चल्ने, हिमपात पर्ने र खाद्यान्न ढुवानी गर्न असहज हुने भएपछि कोरला सडकका ७ वटै खण्डको पुरै काम मंसिर अगावै रोकिएका हुन् ।सडक निर्माणकार्यमा प्रयोग भएका मेशीन संञ्चालन देखि सडकमा काम गर्ने मजदुरलाई चिसोले शास्ती दिने भएपछि मंसिर अघिनै मजदुरलाई बिदा दिईएको हो ।

हिउँदयाम पुरै ४ महिना रोकिएको जोमसोम–कोरला सडकको काम गतहप्तादेखि सुरु भएको करिडोरका ईन्जिनीयर जगत प्रजापतीले जानकारी दिए।उनका अनुसार चिसोले काम छोडेका मजदुर पुनःकाममा फर्कन थालेको बताए ।‘४ महिना लामो रोकिएको सडकको काम धमाधम सुरु हुदैछ,मजुदुर काममा फर्कदै छन् ’उनले भने सडकमा प्रयोग हुने मेशीन गन्तब्यमा पु¥याईदै छ,नयावर्ष देखि कोरलाका पुरै ७ खण्डका काम तिब्रता पाउनेछन् ।’

कालिगण्डकी करिडोर अन्र्तगत जोमसोम–कोरला १ सय १० किलोमिटर ग्राभेल सडकका लागि नेपाल सरकारको अर्थ मन्त्रालयबाट २ अर्व ६ करोड रुपैया र बेनी–जोमसोम ७८ किमी दुईलेनको कालोपत्रे सडकका लागि २ अर्व ५० करोड विनियोजन गरिएको हो ।सडकका आयोजनाका प्रमुख नरेन्द्र सुबेदीका अनुसार बेनी देखि जोमसोम सडकमा करिव २३ वटा स्काभेटर र ५ वटा ब्याकोलोडर मेसिन र जोमसोम देखि कोरलाखण्डमा करिव ३५ वटा स्काभेटर र ५ वटा ब्याकोलोडर मेसिनले सडक फराकिलो, बनाउने,कटिङ गर्ने, रिटेनिङ वाल र तारजाली लगाउने कार्य भईरहेका जनाए ।उनका अनुसार बेनी–जोमसोम–कोरला सडकमा तत्काल ५ सय मजदुरले सडकको काम गरिरहेको भएपनि जोमसोम–कोरला सडकमा पुरै कामदार फर्किएपछि २ हजार पुग्ने जानकारी दिए ।

जोमसोमदेखि झैते सम्मको ५८ किलोटिरका लागि ४ खण्ड र झेतै कोरला ३ खण्ड र जोमसोम देखि झैते सम्म ४ खण्डमा विभाजन गरेर सडकको काम भईरहेको छ ।जसमा सुरुको १८ कि.मी.सडक बज्रगुरु खड्गकृष्ण जेभि,१८ देखि २९ कि.मी. सडक दिवाडाँफे एपेक्स जेभि,२९ देखि ४० कि.मि. शडक कन्टेक कान्छाराम कोशी एण्ड न्यौपाने र ४० देखि ५२ कि.मी. कञ्चनजंघा लामा बिल्डर्स बिरुवा जेभिले जिम्मा लिएका हुन् ।

त्यसैगरि झैतै—कोरला ५८ कि.मि. सडकको सुरुको १९ कि.मी.सडक कञ्चनजंघा लामा मोतिदान जेभि,१९ देखि ४४ कि.मी.सडक तामाङ गौरी पार्वती कोशी एण्ड जेभि र ४४ देखि ५८ कि.मी. सडक बिरुवा रौटाहा एपेक्स जेभि कन्ट्रयाकले निर्माणको जिम्मा लिएका हुन् । त्यस्तै बेनी–जोमसोम सडकमा पनि ४ खण्डमा विभाजन गरेर सडकको काम भईरहेको छ ।जोमसोम–कोरला सडक निर्माण तथा बिस्तारकार्य २ वर्षमा सक्ने लक्ष छ ।

 बेनी–जोमसोम सडकलाई दोश्रो किस्ता ३० करोड

कालिगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडकलाई दोश्रो किस्ता स्वरुप थप ३० करोड प्राप्त भएको छ ।यसअघि अर्थ मन्त्रालयले पहिलो किस्ता ४५ कराड निकासा गरेको हो ।

आयोजनाले बेनी–जोमसोम सडकमा करिव ७५ करोडको काम भएको आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।उनका अनुसार प्राप्त ३० करोड दोश्रो किस्ता रकम पाल्पा करिडोरबाट कामचलाउका लागि सापट लिईएको १० करोड र १५ करोड रुपैया कामदारलाई विल भर्पाई बुझाईसकिएकाले अब ५ करोड रकम रनिङमा रहेको जानकारी दिए ।

उनले रनिङमा रहेको रकमले २ साता सम्मका लागि पुग्ने जनाए ।बेनी जोमसोममा ४ खण्डमा काम भईरहेको छ ।करिडोरका ईन्जिनीयर प्रजापतिका अनुसार घाँसा देखि बाक्सीखोला सम्मको सडक विस्तारमा बनका कारणले समस्या परेको जानए ।उनले सडकको मूल्याङ्खन रिपोर्ट भएपनि त्यसलाई मन्त्रालयबाट निर्णय गराएर हेरफेर गर्न आवश्यक भएको बताए ।यस खण्डमा अस्पाल्ट प्रविधिबाट कालोपत्रे हुने उनले जानकारी दिए ।

त्यस्तै बेनी जोमसोम सडक निर्माण गर्न समय तालिका मिलाईएको छ ।धार्मिक तथा पर्यटकिय जिल्ला मुस्ताङ प्रवेश गर्ने सवारी साधनले सडक निर्माणमा बाधा पुग्ने भएको जनाउदै शुक्रवार देखि लागु हुनेगरि समय तालिका मिलाईएको सडक सुपरिवेक्षक ईन्द्रसिह शेरचनले जानकारी दिए ।उनका अनुसार दैनिक बिहान र दिउँसोगरि दुई समय ४–४ घण्टा सवारी प्रवेश गर्न पाउने छैनन् ।दैनिक सडक रोकिने भएपछि हिमालपारीको यात्रा प्रभावित बन्ने निश्चित भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds