सम्पादक रञ्जन अधिकारी, अग्रज पत्रकार प्रतिक, अग्रज कार्टुनिष्ट वात्स्यायन र युवा पत्रकार श्रीष सम्मानित

सम्पादक रञ्जन अधिकारी, अग्रज पत्रकार प्रतिक, अग्रज कार्टुनिष्ट वात्स्यायन र युवा पत्रकार श्रीष सम्मानित

Ranjan samman (16)

पोखरा, १६ चैत । प्रदेश नं. ४ केन्द्रित पोखराबाट सञ्चालित ‘गण्डक न्युज डटकम’ का प्रधान सम्पादक रञ्जन अधिकारी सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित ‘स्व. जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार २०७४ बाट अधिकारी सम्मानित भएका हुन् ।

प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, प्रतिभा छनौट समिति संयोजक पुण्य पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखराको पहिलो पत्रकार सिग्देलको स्मृतिमा परिवारजनले पुरस्कार स्थापना गरेका हुन् । प्रतिभा छनोट समितिले उनीहरुलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।

सम्पादक अधिकारी आदर्श समाज राष्ट्रिय दैनिक, बिग एफएममा कार्यरत छन् । बिगत ९ वर्षदेखि पत्रकारितामा क्रियाशील अधिकारी नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य समेत हुन् । खेलकुद पत्रकार मञ्च कास्कीका सचिव अधिकारी धादिङ पत्रकार समाज पोखराका अध्यक्षसमेत हुन् ।

२०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी निरन्तर पत्रकारितामा सक्रिय छन् । छापा माध्यममा कास्की आवाजबाट अनुभव बटुलेका अधिकारी अनलाईनमा समेत गोलनेपाल डटकम, खेलदैनिक डटकम र एभिन्युज टेलिभिजनमा जोडिएका छन् ।

गण्डक न्युज सञ्चालन गरेको गण्डक नेपाल मिडिया प्रालिको मनोरञ्जनात्मक अनलाइन पोर्टल ‘मज्जाकोन्युज डटकम’ का समेत उनी सम्पादक हुन् ।

पत्रकार अधिकारीको यो दोस्रो पुरस्कार हो । ‘यातायात पत्रकारिता पुरस्कार २०७३’ बाट सम्मानित अधिकारी सबै क्षेत्रमा कलम चलाउँदै आएका छन् । प्रतिभा छनोट समितिमा पुण्य पौडेल, घनश्याम पाण्डे, दुर्गा अधिकारी, महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सिना रहेका थिए ।

नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसको अवसरमा कास्की शाखाले पोखरामा पत्रकार तथा सहयोगिलाई सम्मान गरेको छ । शुक्रवार महासंघ कास्कीको भवनमा एक कार्यक्रमका बीच पत्रकारलाई पत्रकारिता पुरस्कार सहित महासंघलाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरेको हो ।

महासंघवाट संचालित तथा उद्योगि सूर्यवहादुर केसीवाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७४ वाट प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार वद्री विनोद प्रतीक पुरस्कृत भएका छन् । प्रतीक नगद रु १ लाख ११ हजार १ सय ११ सहित ताम्रपत्र तथा दोसल्लावाट पुरस्कृत भएका हुन् ।

त्यसैगरी पोखरा पत्रकारिता सम्मानवाट वरिष्ठ कार्टुनिष्ट दुर्गा वराल वात्सायन नगद रु ३३ हजार १ तथा सहित ताम्रपत्र र दोसल्लावाट पुरस्कृत भए ।

पोखरा पत्रकारिता संस्थागत सम्मान पोखरा लेखनाथ महानगरपालिका कार्यालयले पायो । जगन्नाथ सिग्देल स्मृति प्रोत्साहन पत्रकारिता पुरस्कार २०७३ वाट रुद्र श्रीसमगर पुरस्कृत भए । जसको राशी ११ हजार १ सय ११ रहेको छ ।

त्यस्तै महासंघको जग्गा प्राप्ति, भवन निर्माण, अक्षयकोष वृद्धि र पूर्वाधार सम्पन्न वनाउन सहयोग पुर्याउने व्यक्तित्वहरु विश्वप्रकाश लामिछाने, सन्तोष घिमिरे, ललित गुरुङ, डा.चन्द्रवहादुर गुरुङ र नगरपालिकाका इन्जिनियर महेन्द्रवहादुर गोदारलाई पनि कार्यक्रममा विशेष सम्मान गरिएको थियो ।

पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए ।

तस्विरहरुः उमेश पुन, दुर्गा प्रसाद पौडेल, सुदर्शन रञ्जित

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds