पर्वत, १७ चैत / पर्वतको कुस्माबजारमा शनिबार दिउँसो एक अढाई बर्षिया बालिकालाई अपहरण गरेर भाग्दै गर्दा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ ।
बालिका अपहरण गरेर भाग्दै गर्दा स्थानियबासीले देखेपछि भागेका ती युवको कुस्मा नगरपालिका वडा नं ५ चाक्लेडिलको भीरबाट खसेर मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।
कुश्मा नगरपालिका ४ चाक्लेडिल नजिकै बस्दै आएकी निशा परियारकी साढे २ बर्षिय छोरी सुवानी परियारलाई एक अपरिचित व्यक्तिले अपहरण गरेर लैजाँदै गर्दा स्थानीयबासीले देखेर हारगुहार गरेपछि उनी भाग्न खोज्दा भीरबाट खसेका थिए ।
बच्चा रोएको सुनेपछि भीर तर्फ हेर्दा बालिकाको मुख अठ्याइरहेको देखेपछि भागेको प्रत्यक्षदर्शीले बताए । बालिका छाडेर भाग्ने क्रममा भीरबाट खसेका ती युवाको प्रहरीले खोजी गर्ने क्रममा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।

अपहरणकारी खसेको भीरमा जम्मा भएका सर्वसाधरण
बेपत्ता भएका व्यक्तिलाई प्रहरी र स्थानीयबासीहरुको पहलमा खोजि कार्य गर्दा करिव १ घण्टा पछि चाक्लेडिल भीरको करिव २ सय मिटर तल उनी मृत अवस्थामा भेटिएका थिए । मृतकको सव पोष्टमार्टमका लागि प्रहरीले जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।
उक्त व्यक्तिले घटनाको करिव आधा घण्टा पहिला सोही घटना स्थल नजिकैको एक होटलबाट मदिरा समेत चोरी गरी भागेको अवस्थामा व्यवसायीले थाहा पाएपछि उनलाई नियन्त्रणमा लिएर छाडेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक दिपक थापाले बताए ।
सम्बन्धित खबर
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह