पर्वत, १७ चैत / पर्वतको कुस्माबजारमा शनिबार दिउँसो एक अढाई बर्षिया बालिकालाई अपहरण गरेर भाग्दै गर्दा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ ।
बालिका अपहरण गरेर भाग्दै गर्दा स्थानियबासीले देखेपछि भागेका ती युवको कुस्मा नगरपालिका वडा नं ५ चाक्लेडिलको भीरबाट खसेर मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।
कुश्मा नगरपालिका ४ चाक्लेडिल नजिकै बस्दै आएकी निशा परियारकी साढे २ बर्षिय छोरी सुवानी परियारलाई एक अपरिचित व्यक्तिले अपहरण गरेर लैजाँदै गर्दा स्थानीयबासीले देखेर हारगुहार गरेपछि उनी भाग्न खोज्दा भीरबाट खसेका थिए ।
बच्चा रोएको सुनेपछि भीर तर्फ हेर्दा बालिकाको मुख अठ्याइरहेको देखेपछि भागेको प्रत्यक्षदर्शीले बताए । बालिका छाडेर भाग्ने क्रममा भीरबाट खसेका ती युवाको प्रहरीले खोजी गर्ने क्रममा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।

अपहरणकारी खसेको भीरमा जम्मा भएका सर्वसाधरण
बेपत्ता भएका व्यक्तिलाई प्रहरी र स्थानीयबासीहरुको पहलमा खोजि कार्य गर्दा करिव १ घण्टा पछि चाक्लेडिल भीरको करिव २ सय मिटर तल उनी मृत अवस्थामा भेटिएका थिए । मृतकको सव पोष्टमार्टमका लागि प्रहरीले जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।
उक्त व्यक्तिले घटनाको करिव आधा घण्टा पहिला सोही घटना स्थल नजिकैको एक होटलबाट मदिरा समेत चोरी गरी भागेको अवस्थामा व्यवसायीले थाहा पाएपछि उनलाई नियन्त्रणमा लिएर छाडेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक दिपक थापाले बताए ।
सम्बन्धित खबर
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
एमाले गण्डकीको विज्ञप्तिप्रति पर्वत जिल्ला कमिटीको आपत्ति
प्रदेश कमिटी सदस्य पौडेलमाथि आक्रमण गर्नेलाई कारबाही गर्न एमाले गण्डकीको माग
युवा संघ पर्वतको भेलामा दुई गुटबीच कुटाकुट, एमाले गण्डकी सदस्य पौडेल अस्पताल भर्ना
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’