हिमालपारी मुस्ताङमा पहिलो ‘ट्राई एड्भेन्चर’ प्रतियोगिता, भण्डारी र थापा बने च्याम्पियन

हिमालपारी मुस्ताङमा पहिलो ‘ट्राई एड्भेन्चर’ प्रतियोगिता, भण्डारी र थापा बने च्याम्पियन

IMG_2534

सुन्दर कुमार थकाली, मुस्ताङ १७ चैत । पहाडै पहाड कुद्ने, उकालो–उरालो दौडने, त्यसपछि साईकलिङ गर्दे गन्तब्यमा पुग्ने ३ प्रकारका विधा समेटिएको रोमाञ्चक, डरलाग्दो र शाहसिक प्रतियोगिता नेपालमै पहिलो अभ्यास भएको छ । विशेषगरि यसप्रकार प्रतियोगिता अमेरिका र यूरोपेली मुलुकमा आयोजना हुने भएतापनि दक्षिण एशियामा यस खेलको बिकास खासै भएको देखिन्न । यि तिनै विधा समेटिएको खेललाई ‘ट्राई एड्भेन्चर’ नाम दिईएको छ ।

नेपाली सेनाले खेलकुदको बिकास तथा यस खेलको प्रर्वधन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक प्रतियोगिता आयोजना गरेको बताएको छ । प्रतियोगिताको शुक्रवार हिमालपारीको जिल्ला मुस्ताङबाट सुरुआत गरिएको छ ।खेलकुद प्रतियोगिताको बिकास र हिमालपारीको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वधन गर्ने उद्देश्यले नेपाली सेनाले कार्यक्रम आयोजना गरेको जनाएको छ ।

शैनिक उच्चशिखर शिक्षालय जोमसोमको पूर्वपट्टि रहेको ठुलो पहाड देखि सुरु भएको प्रतियोगितामा समून्द्री सतहदेखि करिव ३ हजार मिटरको अग्लो उचाईमा रहेको १ सय मिटरको धाकार्जुङ डाडो रकक्लामिङ , ५ किलोमिटर एक्लेभट्टी सम्मको रनिङ दौड पुरागरि त्यहाबाट साईकलिङ गर्दे जोमसोम, ठिनी, ढुम्बा, स्याङ, एयरपोर्ट हुँदै जोमसोमको बज्रदल गण सम्मको करिव ३० किलोटिर दुरी प्रतियोगिता निर्धारण गरिएको हो ।

सेनाद्धारा आयोजित ट्राई एड्भेन्चर प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव ‘बी’ च्याम्पियन बन्यो ।आर्मी बी का दिपकसिंह भण्डारी र प्रताप मल्लले निर्धारित दुरी १ घण्टा १९ मिनेट ४४ सेकेन्डमा पुरा गरेर च्याम्पियन बनेका हुन् ।प्रतियोगितामा सहभागि कुल १५ टिम मध्ये आर्मी ‘ए’ टिम द्धितिय र शसस्त्र प्रहरीको एपिएफ टिम ‘ए ’तृतिय भए ।

आर्मी ‘ए’ का मानबहादुर थामा र वशन्त थारुले १ घण्टा २० मिनेट ५० सेकेन्डमा निर्धारित दुरी पुरागरि दोश्रो भएका हुन् भने एपिएफ ‘ए’ लक्ष्मण मल्ल र किरण मल्लले १ घण्टा २१ मिनेट २१ सेकेन्डमा निर्धारित दुरी पुरागरि तृतिय भए ।पहिलो ट्राई एड्भेन्चर प्रतियोगितामा २ महिला खेलाडीले पनि भाग लिएका थिए ।

प्रतियोगिताका बिजेता टिमलाई नेपाली सेनाका प्रधानसेनापति महारथि राजेन्द्र क्षेत्रीले नगद ,प्रमाणपत्र र मेडल हस्तान्तर गरेका थिए ।प्रतियोगिताको प्रथमलाई ५० हजार, द्धितियलाई ३० हजार र तृतिय हुने टिमलाई नगद २० हजार प्रदान गरिएको थियो ।यसअघि प्रतियोगिताको एक समारोहकाबीच प्रधान सेनापति क्षेत्रीले रिवन काटेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

नेपाली सेनाले आयोजना गरेको प्रतियोगिताको समन्वय बज्रदल गण जोमसोमले गरेको सेनानी अरुण कार्कीले जानकारी दिए ।उनले हाई क्लाईमिङ,रनिङ र साईकल दौड प्रतियोगिता नेपालकै पहिलो पटक भएको जनाए ।प्रतियोगिताको च्याम्पियन बनेको आर्मी ‘बी’ का खेलाडी प्रताप थापाले हिमालपारीको अग्लो उचाईमा तिनै विधा समेटिएको प्रतियोगिताले नयाँ अनुभव बटुल्न सफल भएको बताए ।

उनले प्रतियोगिताको तैयारीका केहीदिनअघिनै मुस्ताङ आएको र ट्राई एभेन्चरमा सफलता नेपाली सेनाकै जीत भएको बताए।एपिएफ ‘ए’का खेलाडी किरण मल्लले ३ विधाको समेटिएको प्रतियोगिता रोमाञ्चक र जोखिमपूर्ण भएको उल्लेख गरे ।उनले प्राकृतिक सौन्दर्यताले भरिएको मुस्ताङमा यस खेलको पहिलो सुरुआत हुन गर्वको बिषय भएको बताउदै यसप्रकारका खेलको बिकास हुनुपर्ने औल्याए ।

त्यस्तै, तामाङ ब्रदशका अर्का खेलाडी बुद्धिबहादुर तामाङले नेपालमा पहिलो पटक भएको रकक्लामिङ,रनिङ र साईक्लिङ तिनै विधाको ट्राई एड्भेन्चर प्रतियोगितमा पहिलो पटक सहभागि भएको बताए ।साईकलिङका राष्ट्रिय खेलाडी समेत रहेका तामाङले प्रतियोगिताले नयाँ अनुभव दिलाएको सुनाए । प्रतियोगिता जोखिमपूर्ण भएपनि आर्मीको व्यवस्थापन पक्ष राम्रो भएकाले कुनै जोखिम नभएको उनले बताए ।

नेपाल सेनाकै आर्थिक श्रोतमा आयोजना गरिएको प्रतियोगितालाई घरपझोङ गाउँपालिकाले २ लाख ५० हजार र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले १ लाख आर्थिक सहयोग प्रदान गरेको हो ।प्रतियोगितामा नेपाली सेनाका उच्चपदस्थ व्यक्ति,सिडियो रामचन्द्र तिवारी,गाउँपालिका कार्यअधिकृत ,जनप्रतिनिधि र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds