गण्डक न्युज पोखरा, २० चैत / कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ११ छोम्रोङमा आयोजित क्यान्सर रोग सम्बन्धी सचेतना तथा पाठेघर क्यान्सर हुन नदिन परीक्षण शिविरबाट दर्जनौं महिलाहरु लाभान्वित भएका छन् ।
‘अ लिटिल लभ गोज् टु लङ वे’ थिम्का साथ सक्रिय माया आउटरिचको मुख्य प्रायोजनमा अन्नपूर्ण गाउँपालिका वडा ११ र छोम्रोङ आमा समूहको संयुक्त आयोजनामा शिविर भएको थियो । पोखरा क्यान्सर केयर सेन्टर र पोखरा आरोग्य सेवा केन्द्रको सहयोगमा आयोजित शिविरमा ८० भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए ।

वरिष्ठ चिकित्सकहरु डा. कृष्णमुरारी अधिकारी र डा. कृपा शेरचनका साथै डा. वर्षा प्रताप र नर्सहरु रेगिना ठकुरी, संस्कृति पराजुली र सुस्मिता क्षेत्रीको टोली स्वास्थ्य जाँचमा खटिएका थिए ।
शिविरमा छोम्रोङ गाउँ सहित सिनुवा, भनुवा, नयाँ गाउँ, तिल्चे, झिनु, डौलु, रोमे, सलफु लगायतका स्थानबाट स्वास्थ्यजाँचका लागि पुगेका थिए । ५० बढी महिलाहरुले गर्भाशयमा हुने क्यान्सर सम्बन्धी परिक्षण र जानकारी लिएका थिए ।
जाँचमा संलग्न चिकित्सकहरुले अधिकांशलाई उच्च रक्तचापको समस्या देखिएको बताएका छन् । उनीहरुले क्यान्सर रोग, यसलाई लाग्न नदिने अपनाउनुपर्ने सावधानी लगायतका सन्दर्भका जानकारी समेत गराएका थिए ।

आमा समूहकी अध्यक्ष मिम कुमारी गुरुङले सबैलाई धन्यवाद ज्ञापन गरिन् । माया आउटरिचका सदस्य कान्ति गुरुङ श्रेष्ठ र अनुप श्रेष्ठले ग्रामिण क्षेत्रमा महिलाहरु स्वास्थ्य उपचारको पहुँच र यस सम्बन्धी जानकारीबाट टाढा हुने भएकाले कार्यक्रममा सहयोग गरिएको प्रष्ट पारे ।
समूहकी सचिव पूर्ण गुरुङ लगायतले बोलेका थिए ।

सम्बन्धित खबर
पञ्चेबाजाको तालमा महिला अधिकारका स्वर
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे
दुर्घटना न्यूनीकरणका लागि स्याङ्जामा सवारी चालक–सहचालकको स्वास्थ्य जाँच
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
स्याङ्जामा बालिका र किशोरीलाई आत्मरक्षा तालिम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला