रञ्जन अधिकारी पोखरा, २० चैत / पोखराको हेम्जामा फेरि दुई युवाले ज्यान गुमाएका छन् । तीन महिना नपुग्दै चार जनाले ज्यान गुमाए । केहि समयअघि (मंगलबार राति ८ बजे) मिनी ट्रकको लापरबाहीको शिकार दुई युवा भए ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५ तिब्बतियन क्याम्प नजिकैको चोकमा पोखराबाट हेम्जा फर्किरहेका दुई युवा सवार स्कुटरलाई लापरबाही ढंगले चलाइएको ट्रकले ठक्कर दिँदा चालक स्थानीय २२ वर्षीय शंकर कुँवरको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । पछाडि सवार १८ वर्षीय रोशन केसी घाईते भएकोमा उपचारकै क्रममा उनको पनि ज्यान गयो । टाउको र खुट्टामा चोट लागेको उनको फिस्टेल हस्पिटलमा उपचार भईरहेको थियो ।

ट्रकमा सवार माछापुच्छ्रे गाउँपालिका २ भुर्जङखोलाका ३० वर्षिय दिपक अधिकारी र लामाचौरका २५ वर्षिय बिशाल सुनार घाइते भई उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।
ग१४प ३६३६ नम्बरको उक्त स्कुटर टायर समेत फुट्ने गरी धुजा धुजा भएको छ । ग१क २३३४ नम्बरको मिनीट्रक सामान पुर्याएर पोखरा फर्कँदै गरेको बुझिएको छ । आफ्नै साईडमा गुडिरहेको स्कुटरलाई ठक्कर दिएर अर्को साईडको माटोको ढिस्कोमा ठोक्किएर ट्रक पल्टिएको छ । ट्रकको गम्भिर लापरबाही देखिएको स्थानीयले बताएका छन् । ट्रक चालक पोखरा २० बस्ने ३३ वर्षीय अर्जुन भुजेललाई प्रहरीले नियन्त्तणमा लिएको छ ।

गत महिनामात्रै, फागूपूर्णिमाको राति फागुन १७ गते हेम्जामा दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो । राति साढे २ बजेतिरको समयमा पोखरा लेखनाथ वडा नं. २५ उपल्लो हेम्जामा स्कुटर आफै पल्टिदाँ पछाडि बस्ने २१ वर्षीय सूर्य प्रसाद अधिकारीको उपचारकै क्रममा निधन भएको थियो । ग १३ प ८८१० नम्बरका सो स्कुटर चालक २२ वर्षीय विकास अधिकारी घाईते भए ।
त्यसअघि, माघे संक्रान्तिका दिन पोखरा २५ स्थित सुईखेतमा साँझ दुई मोटरसाईकल आपसमा जुध्दा एक जनाको मृत्यु भयो । दुर्घटनामा परी तीन जना घाईते भए । हेम्जाबाट फेदीतर्फ गईरहेको ग ७ प ७१३४ नम्बरको मोटरसाईकलमा सवार हेम्जाका ४५ वर्षीय घनश्याम त्रिपाठीको ज्यान गएको हो ।
उनले चलाएको मोटरसाईकल विपरित दिशाबाट आईरहेको लु ५ प ३९१४ नम्बरको मोटरसाईकलसँग साँझ सवा ६ बजे ठोक्किएको थियो । त्रिपाठी पछाडि सवार माछापुच्छ्रे ७ धम्पुस बस्ने ४२ वर्षीय कमल भण्डारी गम्भिर घाईते भए । यस्तै, पाल्पा घर भई पोखरा नदिपुर बस्ने अर्का मोटरसाईकल चालक २१ वर्षीय आनन्द रसाईली र २१ वर्षकै समिर रसाईली घाईते भए ।
तस्विरः सन्तोष सुवेदी, समाचार श्रोतः प्रकाशचन्द्र सापकोटा
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह