मुस्ताङको सेकुङ ताललाई पर्यटक हब बनाईदै

मुस्ताङको सेकुङ ताललाई पर्यटक हब बनाईदै

Sekung

सुन्दर कुमार थकाली, मुस्ताङ । मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउँपालिका २ कोवाङमा अवस्थित ओझेलमा परेको सेकुङ ताललाई पर्यटकिय हब बनाउन पूर्वाधार बिकासमा जोड दिईएको छ ।

थासाङ क्षेत्रका पर्यटकिय गन्तब्यको बिकास गर्दे बढी भन्दा बढी पर्यटक भित्र्याउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग अन्तर्गतको अन्नपूर्ण संरक्षणक्षेत्र कार्यालय पोखरा,राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना,संरक्षणक्षेत्र व्यवस्थापन समिति र कोवाङका स्थानीयवासीले संयूक्त पहल थालेका हुन् । जसका लागि अन्नपूर्ण संरक्षणक्षेत्र आयोजनाले १० लाख रकम छुट्याएको छ ,भने स्थानीयले श्रमदान गर्ने भएका हुन् ।

कोवाङको बोक्सीखोलादेखि ३ किलोमिटर पश्चिम अग्लो उचाईमा रहेको प्राकृतिक दृष्यले भरिभराउ मनोरम सुन्दर ताल सेकुङ पुग्ने पदमार्गको स्तरोन्नती र त्यस वरपर फैलिएको झाँडी सफा गर्ने,सेकुङ तालको आकारलाई थप बृद्धि गर्न आवश्यक ड्याम निर्माण गर्ने, तालको चारैतिर पर्यटक घुम्ने बाटोमा ढुङ्गा बिच्छ्याउने, पर्यटकका लागि बसेरै दृष्यावलोकन तथा वातावरणमैत्री तुल्याउन आरामदायी २ वटा छानो सहितको कुर्चि र २ वटा थप कुर्चि निर्माण गर्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई सेकुङ र भुतर्छो ताल अवलोकन सहज गर्न आवश्यक स्थानमा पदमार्ग सुचक(चिन्ह) राखिने एक्याप जोमसोमले जनाएको छ ।

पर्यटन प्रर्वधनमा ओझेलमा परेको थासाङ गाउँपालिकालाई पर्यटन हबको रुपमा बिकास गर्न संरक्षणक्षेत्रले लगानी गरेको एक्याप जोमसोमका प्रमुख तुलसी दाहालको भनाई छ । उनले यसक्षेत्रको पहिचान बढाउने, वातावरणी सन्तुलनलाई स्वच्छ दिलाउने र स्थानीयको जिविकोपार्जन सुधारमा परिवर्तन ल्याउन पुर्वाधार बिकासको कार्यक्रम फलदायी हुने उल्लेख गरे ।

उनका अनुसार थासाङको पर्यटन बिकासका संम्भावनाको खोजी गर्दे राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रचार प्रसार गर्ने उद्देश्यले तल्लो मुस्ताङ पर्यटक हब निर्माणकार्यलाई अघि बढाईएको बताए ।

थकाली समुदायको उद्गम स्थल रहेको थासाङ गाउपालिका कोवाङका करिव ५० घरधुुरीले सेकुङ ताल पूर्वाधारमा श्रमदान गर्ने स्थानीय बुद्धिसिङ नेपालीले जानकारी दिए । उनका अनुसार आईतवारदेखि सेकुङ ताल संरक्षण र त्यसको पूर्वाधार बिकासमा धमाधम काम अघि बढेको जानकारी दिए ।

मनोरम सेकुङ ताल धौलागिरी बेश क्याम्पको नजिकै पर्छ ।जहाँबाट थासाङ अन्तर्गका आधा दर्जन गाउँ र कालिगण्डकी नदी मनमोहक देखिन्छ ,भने धौलागिरी हिमालको समेत अवलोकन गरेर पर्यटक रमाउने गन्तब्य मानिन्छ ।यसको तालको उत्तरतर्फ १ किलोमिटरमा अर्को भुतर्छो ताल छ भने सोही गाउँपालिकाको टिटी गाउँमा अर्को सुन्दर टिटी ताल अवस्थित छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds