पोखरामा विद्युत पोलमा प्रचार सामाग्री टाँस्न नपाईने, लेकसाईडमा होटलका नेमप्लेट नि ?

पोखरामा विद्युत पोलमा प्रचार सामाग्री टाँस्न नपाईने, लेकसाईडमा होटलका नेमप्लेट नि ?

street-signs

गण्डक न्युज पोखरा, २१ चैत / पोखरा भन्ने बित्तिकै लेकसाईड सम्झिहाल्छौं, त्यही सुन्दर लेकसाइडको सडक अनि दायाँबायाँका विजुली पोलदेखि चौताराका रुखसम्म ढपक्कै ढाकिने गरी छोपिएका होटलहरुका नेम प्लेट पनि सम्झनुभयो ?

यो त लेकसाइडको कुरा भयो, मुख्य सडकक्षेत्रमा रहेका विजुली पोलहरुमा टाँसिएका विज्ञापन तथा प्रचार सामाग्री, आफ्ना व्यवसायका नाम अंिकत बोर्डहरुले कुरुप नै बनाएको हामी सबैलाई थाहा छ । केहि वर्ष अघि पोखरा महानगरले यस कार्य बन्देज पनि लगायो तर भएन ।

अब पोखरा लेखनाथ महानगरपालिका क्षेत्र भित्र विद्युत पोलमा प्रचार सामाग्री टाँस्न नपाईने भएको छ । चैत २२ गते विहीबार देखि नै कार्यालयबाट स्विकृति लिए बाहेकका सामाग्री हटाईने सूचना प्रकाशित भएको छ ।

सूचनामा लेखिएको छ – ‘पोखरा लेखनाथ महानगरपालिका क्षेत्रभित्र रहेका विद्युत, दुरसञ्चारका पोलहरुमा रहेका विभिन्न प्रचार तथा विज्ञापन सामाग्रीहरु यही चैत २२ देखि हटाइने व्यहारो जानकारी गराउँदै अब उप्रान्त कुनै पनि तुल ब्यान सडक छेउछाउ तथा सडक क्रस गरी तुल ब्यानर राख्न नदिने व्यहोरा जानकारी गराईन्छ । यदि कोहि कसैले यस सूचनालाई हटेर गरी त्यस्ता सामाग्रीहरु राखिएको पाईएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा जानकारी गराईन्छ । साथै, यस बारेमा थप जानकारीका लागि प्रमुखको सचिवालय वा सम्पर्क नं. ०६१ ५२५३४० मा समेत सम्पर्क गरी जानकारी लिन सकिने व्यहोरा समेत अनुरोध छ ।’

यसअघि, पोखराको प्रतिष्ठाका लागि भनेर यहाँ विभिन्न मेला महोत्सव, समारोह गर्ने तर पोखरा नै कुरुप हुने गरी चोक चोकमा तुल ब्यानर टाँस्ने, पाँच महिनासम्म नहटाउने गरिँदै आएको छ । महानगरको यो कदमले यसमा अंकुश लागेको छ । कार्यान्वयन कतिको हुनेछ हेर्नै बाँकी छ ।

बिजुली पोल, टेलिकमका पोलहरुमा अब केहि सामाग्री नराख्ने भनिएको छ । लेकसाईड क्षेत्र बाहेक कि लेकसाईड समेत यसमा समेटिनेछ ? के महानगरले पर्यटकीय क्षेत्रबाटै यो कार्य सुरु गर्ला ? कि सूचनामै सीमित रहला । प्रतिक्षा गरौं ।

सम्बन्धित समाचार

पोखरा महानगरपालिका कार्यालयमा फेसबुक प्रतिबन्ध

पोखरा, १८ चैत । पोखरा लेखनाथ महानगरपालिका कार्यालयमा कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक चलाउन प्रतिबन्ध लगाइएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको वाइफाइ कनेक्सनबाट नेट चल्ने कम्युटर, मोवाइल, ल्यापटपमा महानगरपालिकाले आइतबार देखि कार्यालय समयमा फेसबुक नचल्ने बनाएको हो ।

कार्यालय समयमा कर्मचारीले फेसबुक चलाउदा सेवाग्राहीको काममा बाधा परेको भन्दै सर्भरबाट कार्यालय समयमा फेसबुक नचल्ने बनाएको महानगर प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

कर्मचारी कामभन्दा फेसबुकमा बढी अभ्यस्त हुन थालेको व्यापक जनगुनासो आएपछि महानगरले सर्वरबाट बन्द गर्नु परेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ