सम्राट जिसी बुटवल, २१ चैत / जिफण्टको आठौं राष्ट्रिय महाधिवेशनबाट हालै निर्वाचित अध्यक्ष लगायतका पदाधिकारीलाई बुटवलमा सम्मान गरिएको छ ।
यही चैत १४ देखि १७ गतेसम्म काठमाण्डौमा भएको महाधिवेशनले विनोद श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चयन गरेको थियो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष उपाध्यक्ष कमल गौतम, सचिव दामोदर सापकोटा, सदस्यमा रञ्जु भट्टराई, सांसद सीता लामा, जीवन अधिकारी, प्रदेश छ अध्यक्ष हरि बहादुर कार्की, युवा.उपाध्यक्ष सन्तोष के.सी लगायतलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी अञ्चल कमिटीले एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आठौं राष्ट्रिय महाधिवेशनले पारित गरेका नीति तथा कार्यक्रम यो कमिटीले पूरा गर्ने, ट्रेड युनियन आन्दोलनलाई अझ सशक्त बनाउन सम्पूर्ण ट्रेड युनियनहरु एक भएर लाग्नु पर्ने, यो अभियानमा कोहि पनि नछुट्ने र कोहि पनि जीवन भरी पदमा टासिंएर बस्नु नहुने, सबैको आफ्नो ठाउँबाट योगदान रहेकाले सबैको आत्मसम्मान हुने गरी पदीय बाँडफाँड गर्ने आश्वासन दिए ।

मजदुर पक्षीय संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका निवर्तमान सांसद समेत रहेका श्रेष्ठले संविधानमा उल्लेखित मजदुर पक्षीय कानुनलाई अब कार्यान्वयन गर्न अब यो कमिटी लाग्ने भन्दै बोलेर मात्र नहुने अब प्रत्यक्ष मजदुरले अनुभूति हुने गरि कामगर्ने प्रतिबद्धता समेत जनाए ।
मजदुर संगठनका लुम्बिनी अध्यक्ष कृष्ण कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट युवा कमिटी उपाध्यक्ष सन्तोष केसी, ध्यान बहादुर राई लगायतले बोलेका थिए । धन्यवाद मन्तव्य सांसद सीता लामाले दिएकी थिईन् भने रामचन्द्र बस्यालले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै