पोखरा, २२ चैत / उद्यमशीलता जगाउने उद्देश्य राखेर होटल स्नोल्यान्डले सुरु गरेको ‘उद्यमशील कार्यक्रम’ को अर्काे फरक शृंखला चैत २३ गते शुक्रबार हुने भएको छ । उद्यमशील बनौं भन्ने मर्मसहित ‘क्रस दी बोर्डर’ नामको संवादमूलक कार्यक्रम साँझ ४ बजे लेकसाइडको बाराहीचोकस्थित होटल स्नोल्यान्डकै हलमा हुने भएको हो ।
कार्यक्रमको यो शृंखलामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापालाई निम्त्याएको होटल सञ्चालक गणेशबहादुर थापाले बताए । राष्ट्र बैंकमा अनुसन्धान विभाग नेतृत्व गरिरहेका नरबहादुर थापा अर्थतन्त्रबारे बृहत् दखल राख्ने विज्ञ मानिन्छन् ।
नेपाल सरकारको आर्थिक सल्लाहकार मानिने राष्ट्र बैंकको अनुसन्धान विभागले माइक्रो इकोनोमिक डेटा खोजी र प्रशोधन गरी सार्वजनिक गर्छन् । समष्टिगत रुपमा अर्थतन्त्रको तथ्यतथ्यांक अनुसन्धान उक्त विभागको मूल जिम्मेवारी हो । विभागले मौद्रिक नीतिको प्रारम्भिक मस्यौदा पनि तयार पार्छ । थापाले उक्त कार्यको अनुगमन र निरीक्षण गर्छन् । सरकारले बजेट बनाउनुअघि पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन बुझाउने काम पनि थापा नेतृत्वको विभागले गर्छ ।
अन्तर्राष्ट्रिय मुद्राकोशमा २ वर्ष काम गरेको अनुभव संगालिसकेका थापाले बम्बे विश्वविद्यालयबाट अर्थशास्त्रमा मास्टर्स र बेलायतको स्कटल्यान्डस्थित ग्लासको विश्वविद्यालयबाट एमफिल गरेका छन् ।
उक्त कार्यक्रमबाट युवा, विद्यार्थी, व्यवसायी र नवउद्यमीहरु लाभान्वित हुने आशा गरिएको आयोजक होटल सञ्चालक थापाले बताए । प्रवेश निशुल्क रहने कार्यक्रममा सहभागिताका लागि होटलले आग्रह गरेको छ ।
सम्बन्धित खबर
अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा प्रयोग भएका जेसिबी र ट्याक्टर नियन्त्रणमा
स्याङ्जामा विभिन्न मुद्दाका फरार सात कसुरदार पक्राउ
पोखरामा मगर समुदायको भूमे पूजा
‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ का लागि १८ जना छानिए, फाइनल असार ७ गते हुने
वालिङ्मा `एक विद्यालय एक करेसाबारी´ अभियान
स्याङ्जामा चट्याङ लागेर एकजना घाइते
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार