पोखरा, २२ चैत / उद्यमशीलता जगाउने उद्देश्य राखेर होटल स्नोल्यान्डले सुरु गरेको ‘उद्यमशील कार्यक्रम’ को अर्काे फरक शृंखला चैत २३ गते शुक्रबार हुने भएको छ । उद्यमशील बनौं भन्ने मर्मसहित ‘क्रस दी बोर्डर’ नामको संवादमूलक कार्यक्रम साँझ ४ बजे लेकसाइडको बाराहीचोकस्थित होटल स्नोल्यान्डकै हलमा हुने भएको हो ।
कार्यक्रमको यो शृंखलामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापालाई निम्त्याएको होटल सञ्चालक गणेशबहादुर थापाले बताए । राष्ट्र बैंकमा अनुसन्धान विभाग नेतृत्व गरिरहेका नरबहादुर थापा अर्थतन्त्रबारे बृहत् दखल राख्ने विज्ञ मानिन्छन् ।
नेपाल सरकारको आर्थिक सल्लाहकार मानिने राष्ट्र बैंकको अनुसन्धान विभागले माइक्रो इकोनोमिक डेटा खोजी र प्रशोधन गरी सार्वजनिक गर्छन् । समष्टिगत रुपमा अर्थतन्त्रको तथ्यतथ्यांक अनुसन्धान उक्त विभागको मूल जिम्मेवारी हो । विभागले मौद्रिक नीतिको प्रारम्भिक मस्यौदा पनि तयार पार्छ । थापाले उक्त कार्यको अनुगमन र निरीक्षण गर्छन् । सरकारले बजेट बनाउनुअघि पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन बुझाउने काम पनि थापा नेतृत्वको विभागले गर्छ ।
अन्तर्राष्ट्रिय मुद्राकोशमा २ वर्ष काम गरेको अनुभव संगालिसकेका थापाले बम्बे विश्वविद्यालयबाट अर्थशास्त्रमा मास्टर्स र बेलायतको स्कटल्यान्डस्थित ग्लासको विश्वविद्यालयबाट एमफिल गरेका छन् ।
उक्त कार्यक्रमबाट युवा, विद्यार्थी, व्यवसायी र नवउद्यमीहरु लाभान्वित हुने आशा गरिएको आयोजक होटल सञ्चालक थापाले बताए । प्रवेश निशुल्क रहने कार्यक्रममा सहभागिताका लागि होटलले आग्रह गरेको छ ।
सम्बन्धित खबर
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए