उपचारमा बालकको मृत्यु भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा तनाव (भिडियो सहित)

उपचारमा बालकको मृत्यु भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा तनाव (भिडियो सहित)

swasthya bigyan

पोखरा, चैत २२ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा उपचारका क्रममा एक बालकको मृत्यु भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका ५ पर्स्याङ बस्ने संगिता परियारको साढे २ बर्षको छोरा रोहित परियारको उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो आई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पतालमा दुई दिन अगाडी उपचारका लागि लगेका थिए ।

बालकको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बिहान ६ बजे बच्चालाई ईन्जेक्सन लगाएकोमा ८ बजे तिर बच्चाको मुत्यु भएको हो । डाक्टरको लापरबाहिका कारण बच्चाको मृत्यु भएको भन्दै बच्चाका आफ्न्तले अस्पतालमा नाराबाजी गरेका थिए ।

https://www.facebook.com/gandaknews/videos/804590396399881/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds