माधव केसी काठमाण्डौ, २३ चैत / माइक्रोसफ्टद्वारा आयोजित ‘इम्याजिन कप’ मा नेपालबाट सहभागी ‘टीम सोचवयर’ वल्र्डवाइड फाइनालिस्ट भएको छ । विद्यार्थी माझ हुने विश्वव्यापी वार्षिक प्रतियोगितामा नेपालले ठूलो सफलता हात पारेको हो ।
विश्वव्यापी फाइनलमा आफ्नो स्थान सुरक्षित गरेसँगै सोचवेयर टीम यही जुलाइमा अमेरिकामा हुने विश्वप्रतियोगितामा भाग लिने अवसर मिलेको छ । ‘टिम सोचवेयर’ तीन युवा विद्यार्थीको समुह हो । सुचना प्रविधिले नै समाजको विकास गर्न सकिने विश्वास राखेका टिम सोचवेयरमा ईडा रिजाल (नेपाल इन्जिनियरिङ्ग कलेज), शिशिर श्रेष्ठ (मदन भण्डारी मेमोरियल कलेज), मिलन थापा (कलेज अफइन्फोरमेशन टेक्नोलोजी एण्ड इन्जिनियरिङ्ग) रहेका छन् ।
उनीहरुले एक सुचना प्रविधिको यन्त्रमार्फत कृषि क्षेत्रको समस्यालाई समाधान गर्ने प्रयत्न गरेका छन् । सो यन्त्रले कृषि, खेतिपातिमा लाग्ने रोगलाई उजागर गरी किसानलाई उपयुक्त समाधान र जानकारी दिनेछ । जसले गर्दा कृषिलाई स्वस्थ बनाउने र हाइजेनिक अन्न उत्पादन गर्न प्रेरित गर्दछ । मानव स्वास्थ्य सँग जोडिएको अन्नलाई हाइजेनिक बनाउन सके मानवस्वास्थमा पनि सकरात्मक प्रभाव पर्ने टिमको विश्वास छ ।
सन् २००३ देखि सुरु भएको यो कपको १६ औँ संस्करणमा पुर्वी एशिया क्षेत्रमा मलेसियाको टीम पाइन च्याम्पियन बन्यो । यस्तै, थाइल्याण्डको बीकनेक्स फस्र्ट रनरअप, सिंगापुरको टीम सेभनएक्स सेकेण्ड रनरअप बन्यो । नेपालसँगै इन्डोनेशियाको बीहाइव ड्रोन, कोरियाका दुई टीम क्लासम र ईएन ह्यास ट्वान्टीटु प्वाइन्ट फोर फाईभ केएम टीम फाइनालिस्ट बन्दै विश्वव्यापी प्रतियोगितामा सभागी हुने अवसर पाए ।
अघिल्लो संस्करणमा विश्व प्रतियोगितामा ३९ देशबाट ५४ ओटा टिम ले भाग लिएका थिए । जसमा नेपाल उत्कृष्ठ १० मा पर्न सफल भएको थियो । इम्याजिन कप एक प्रविधि विधाअन्तर्गत क्रियटिभ र इनोभेटिभ प्रतियोगिता रहेको कुरा इम्याजिन कपका म्यानेजर प्यावलो भेरामेण्डीले जनाए ।
सम्बन्धित खबर
पोखरामा नेपाल टेलिकमकाे फाइभजी सेवा परीक्षणमा
अन्नपूर्ण गाउँपालिका वडा नं. २ मा मेट्रिक हाउस नम्बरीङ प्रणाली
नेपाल टेलिकमको ‘नमस्ते वाई–फाई’ सेवा पोखरा कार्यालयबाट वितरण सुरु
नेपाल टेलिकमकाे ‘नमस्ते वाई-फाई’, साढे ७ हजारमा अनलिमिटेड इन्टरनेट र भ्वाइस सेवा
नेपाल टेलिकमको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज
ट्विटरमा भेरिफाइड हुन शुल्क लिने तयारी
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि