पोखरा, २४ चैत । क्रिकेट स्टेडियम बनाउन उपयुक्त स्थानको खोजीमा जिल्ला भ्रमणमा निस्किएका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) सहितको टोली पोखरा आईपुगेको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनका पदाधिकारीसहित धुर्मुसले आज विहान पोखरा रंगशालाभित्रको क्रिकेट मैदान अवलोकन भ्रमण गरेका छन् । टोलीले पोखरा रंगशाला भित्रको क्रिकेट मैदान निरिक्षण पछि लेखनाथस्थित क्रिकेट मैदानको लागि प्रस्ताव गरिएको पशुपति घाटको जग्गा समेत निरीक्षण गरेको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले बताए ।
उनका अनुसार अन्तिममा हेमजामा जग्गा हेरिएको थियो । जग्गा हेर्न धुर्मुससँगै क्यानकी पुर्व सिइओ भवना घिमिरे तथा पत्रकार रवि लामिछाने पनि उपस्थित थिए ।

बिहान मुसलधारे पानी परेपछि केही ढिलो गरी पोखरा विमानस्थलमा ओर्लिएका धुर्मुस सिधै पोखरा रंगशालास्थिा क्रिकेट मैदान निरिक्षणमा पुगेका थिए । राष्ट्रिय खेलकुद परिषदले बनाएको गुरुयोजना अन्तर्गत क्रिकेट स्टेडियमको बारेमा जानकारी लिई पशुपति घाटस्थितको जग्गा निरीक्षणको लागि प्रस्थान गरेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति प्रमुख लक्ष्मणप्रसाद योगीले बताए ।

मुलपानीको क्रिकेट मैदान सरकार आफैंले निर्माण गर्ने बताउँदै क्रिकेट स्टेडियमको लागि पोखरा जान सरकारले नै प्रस्ताव गरेको थियो । सरकारी प्रस्ताव अनुसार धुर्मुस सन्तुली फाउण्डेशनले पोखरा रंगशालास्थित क्रिकेट मैदान निरीक्षणको लागि पोखरा आउने संकेत कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द्रप्रकाश गुरुङ(जिम्मी)लाई जानकारी पठाएका थिए । उनले केही दिन अघिमात्रै पोखराको क्रिकेट मैदानबाट पृष्ठभूमिमा माछापुच्छ«े हिमालको दृष्यसहितको फोटो फाउण्डेशनलाई पठाएका थिए ।

फाउण्डेशनले काठमाडौं, चितवन, हेटौडा, रुपन्देही लगायतका विभिन्न ठाँउमा मैदानको लागि आवश्यक जग्गा निरीक्षण
गरिसकेको छ । फाउण्डेशनका अध्यक्ष धुर्मुसलाई तत्कालिन पोखरा रंगशाला क्रिकेट मैदान निर्माण समितिका सदस्य एवं समाजसेवी अशोक पालिखेले क्रिकेट मैदानको बारेमा सम्पूर्ण जानकारी गराएका थिए । उनैको पहलमा राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघ(क्यान) तथा स्थानीय जनसभागिता एवं संघसंस्थाको सहयोगमा पोखरा रंगशाला क्रिकेट मैदान एक दशक अघि निर्माण गरिएको हो ।

आर्चरी मैदानले ओगट्नु अघि क्रिकेट मैदान थियो । परिषदको गुरुयोजना अनुसार क्रिकेटको लागि माथि जग्गा छुट्टाएपछि सारिएको थियो । क्रिकेट स्टेडियम निर्माण गरी पोखरालाई क्रिकेटको न्युटर्ल भेन्युको रुपमा विकास गर्ने लक्ष्य परिषदले लिएको छ । परिषदका सदस्य सचिव केशवकुमार विष्टले समेत क्रिकेटको लागि आवश्यक जग्गा खोज्न आग्रह गरेका थिए ।

जग्गा हेरिसके पछि धुर्मुसले प्राविधिकसँग सल्लाह गरी निर्णयमा पुग्ने प्रतिक्रिया दिएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सिग्देलले सुनाए । फाउण्डेशनले तीन सामुदायिक बस्ती निर्माण गरी हस्तान्तरण गरिसकेका छन् ।
समाचार श्रोतः पोखराकै पहिलो खेल सम्बन्धी न्युज पोर्टल ‘खेलाडी न्युज डटकम’
तस्विरः पत्रकार सुदर्शन रञ्जितको फेसबुकबाट ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला