नाम ‘धर्म’, काम ‘पापी’, कुटिएका बृद्ध बाबु पोखरामा उपचाररत

नाम ‘धर्म’, काम ‘पापी’, कुटिएका बृद्ध बाबु पोखरामा उपचाररत

buba kutne

पोखरा, २५ चैत / ‘सन्तान सानो हुँदा मर्ला भन्ने पीर, आफू बुढो हुँदा मार्ला भन्ने पीर’ । ठ्याक्कै यही भनाइ जीवनमा लागू भएको छ तनहुँ भानु नगरपालिका ९ बडहरे निवासी ६६ बर्षीय बृद्ध तिलक बहादुर पाण्डेलाई ।

शनिबार आफ्नै छोरा धर्मराज पाण्डेले उनलाई मरणासन्न हुने गरी कुटे । नाम धर्मराज अहिले तिलकबहादुर पोखरामा उपचाररत छन् ।

आफ्नै बृद्ध बाबु कुट्ने छोरा धर्मराजलाई प्रहरीले पक्राउ गरेको छ । ४० वर्षीय धर्मराजलाई आईतबार बिहान पक्राउ गरेको हो । उनले शनिबार राति कुटपिट गरि घाईते बनाएका थिए ।

पाण्डेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ । तिलकबहादुरको गण्डकी अस्पतालमा उपचार भईरहेको छ ।

(प्रतिकात्मक तस्बिर)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ