पोखरा, २५ चैत / पोखरामा आइतबार दिउसो प्याराग्लाइडिङ दुर्घटनाबाट घाईते भएका बेलायती नागरिकको उपचार भइरहेको छ । ३६ बर्षीय माइकल पोखरा मनिपाल शिक्षण अस्पतालमा उपचाररत छन् ।
पोखरा लेखनाथ महानगरपालिका २४ तोरीपानीमा दिउँसो प्याराग्लाइडिङ दुर्घटना भएको थियो । पिस हिमालयन प्याराग्लाईडिङ कम्पनीको दुर्घटना भएको थियो । उड्ने क्रममा असन्तुलन हुँदा प्याराग्लाइडिङ दुर्घटना भएको बताइएको छ ।
पोखरामा पटक पटक प्याराग्लाइडिङ दुर्घटना हुने गरेको छ । प्याराग्लाईडिङ उडानका लागि विश्वकै उत्कृष्ट गन्तब्य उन्मुख पोखरामा समय समयमा यस्तो घटना भईरहेका छन् ।
यसअघि गत फागुन १८ गते दिउँसो प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जना घाईते भएका थिए । प्याराग्लाइडिङ अवतरण गर्ने स्थान खपौंदीमा भएको सो दुर्घटनामा प्यारा पाइलट र एक जापानी पर्यटक घाइते भएका हुन् ।
त्यसअघि फागुन २ गते भारतीय प्याराग्लाइडरको ज्यान गएको थियो । गत असारमा पोखरा लेखनाथ ३३ घर भएका प्रभात सुवेदीको ज्यान गएको थियो ।
त्यसभन्दा अघि, २०७३ माघको दोस्रो साता बेलायती नागरिक मिचेल पिटर र २०७३ मै कार्तिक दोस्रो साता स्याङ्जा स्वरेकमा लेकसाईडका शैलेष पहारीको निधन भएको थियो ।
गत वर्ष पुसमा स्याङ्जा कालिकाकोटमा सुडानी नागरिक टन सोडन ग्रीन भीरमा अड्किँदा गम्भिर घाईते हुन पुगेका थिए । गतवर्ष नै असोजमा फेवातालमा खसेका पाँचजना यात्रु र छ जना प्याराग्लाईडिङ पाइलटलाई उद्धार गरिएको थियो ।

सम्बन्धित खबर
१० वर्षदेखि फरार बहुविवाह मुद्दाका दोषी पक्राउ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ