पोखरामा दिउँसै लुटिइन् जर्मन महिला

पोखरामा दिउँसै लुटिइन् जर्मन महिला

German Tourist

पोखरा २५ चैत । नेपाल भ्रमणमा आएकी जर्मन पर्यटक पोखरामा लुटिएकी छिन् । फेवाताल किनारमै उनी नेपाली महिलाबाट लुटिएकी हुन् ।

एक अधबैंसे महिलाले साथी बनेर लुटेको ति पर्यटकको गुनासो छ । साथी ठानेर केहि समयसँगै विताएको भन्दै उनले आफूलाई दुःखी बनाएको बताईन् ।

जानकारका अनुसार ति महिलाले जर्मन महिलासँग निकै हिमचिम बढाएकी थिईन् । ति अधबैशे महिलाले भगवानका तस्विरका पेन्टिंग बेच्ने गरेकी थिईन् । १५ सय रुपैंयाको मनिपर्स चोरेको उनको आरोप छ ।

पर्यटन प्रहरी इन्चार्ज उमेश श्रेष्ठले ति महिलाको खोजि गरिरहेको बताए । उनले यस्ता हर्कतले समग्र देशकै नराम्रो कुरा बाहिर जाने बताए । पर्यटन व्यवसायी अग्नि कँडेलले प्रकृतिले सिंगारिएको पोखरामा सुसंस्कृत नागरिक हुनुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ