‘पानी बिनै आगो निभाउने दमकल कुन देशमा पाइन्छ ?’ पोखरामा भाइरल घटना

‘पानी बिनै आगो निभाउने दमकल कुन देशमा पाइन्छ ?’ पोखरामा भाइरल घटना

dam

पोखरा, २७ चैत । पोखरा बिरौटा चोकस्थित बिजुलीको पोलमा आगो लाग्यो । स्थानीय आत्तिए । आगो झन् दन्किँदै गयो । स्थानीयले प्रहरीदेखि बिजुली अफिससम्म फोन गरे । केही बेरमा साइरन बजाउँदै आगो निभाउन दमकल आइपुग्यो । दमकल चालकले पाइप निकाले तर पानी नै फालेन ।

दमकल आगो ननिभाइ फर्कियो । पोखरा लेखनाथ महानगरपालिकाको दमकल आगो निभाउन रित्तै आएको भन्दै स्थानीयबासी आक्रोशित बने । उनीहरुले कैलाश बोरिङको पानी ट्यांकर ल्याएर आगो निभाए ।

दमकलको यस्तो लापरवाही ? ठूलै आगलागी भएको भए के हुन्थ्यो ? अहिले महानगरपालिकाप्रति पोखरेलीले यस्तै प्रश्न उठाइरहेका छन् ।

यतिबेला पोखरामा यो घटना भाइरल बनेको छ । आगो निभाउन बिग्रिएको दमकल पुगेपछि अतिसंवेदनशील घटनामा पनि चरम लापरबाही भएको भन्दै महानगरपालिकाको कडा आलोचना भइरहेको छ । स्थानीय तथा प्रत्यक्षदर्शीले रित्तो दमकल आगो निभाउन पुगेको भन्दै आलोचना गरिरहेका छन् भने महानगरपालिकाले रित्तो नभइ जाँदाजाँदै बिग्रिएको बताएको छ ।

आलोचना

सामाजिक सञ्चालमा पोखरा लेखनाथ महानगरपालिकाप्रति व्यंग्य तथा आलोचना गरेर लेखिरहेका छन् । ‘हाम्रो पोखरा स्मार्ट सिटी हो । हामीले पोखरा लेखनाथ महानगरमा पानी बेगर चल्ने दमकल भित्राएका छौं । तपाईंहरु विकास बिरोधि कुरा गर्ने,’ पोखराका गणेश बरालले ब्यंग्य गर्दै फेसबुकमा लेखेका छन् ।

पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले दमकलमा पानी नभएको नभइ जाँदाजाँदै बिग्रिएको बताएका छन्

अभयराज देवकोटाले पानीबिनै आगो निभाउने दमकल विश्वको कुन देशमा पाइन्छ ? प्रश्न राखेर उत्तरमा ‘पोखरा नेपाल’ लेखेका छन् । सुशीला क्षेत्रीले लेखेकी छन्, ‘हाम्रो पोखरामा अचम्मका घटना घट्छन् । जहाँ आगो लाग्छ तर दमकल पानी नलिइ घटनास्थल पुग्छ । कस्तो लाजमर्दो ।’

‘आगलागी भएको ३० मिनेटभित्रै दमकल पुर्‍याउनुभन्दा बरु २/४ घन्टापछि पानी पनि लिएर गएको भए हुन्थ्यो नि ! सरकारले खतरै सुरक्षा दिन्छ है हामी नेपालीलाई ?’ अर्का पोखराका युवा दिनेश आचार्यले ब्यंग्य गरेका छन् ।

पोखरा र आसपासका नागरिकले यो घटनासँग जोडेर पोखरा महानगरपालिकालाई यसैगरी व्यंग्य गरिरहेका छन् । पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले दमकलमा पानी नभएको नभइ जाँदाजाँदै बिग्रिएको बताएका छन् । ‘रित्तो दमकल आगो निभाउन पुगेको होइन, जाँदाजाँदै प्राविधिक समस्या आएको हो,’ मेयर जिसीले भने, ‘दमकल प्रत्येक दिन चेक हुन्छ तर सोमबार जाँदाजाँदै बिगि्रयो ।’

पोखरा महानगरपालिकासँग दुई दमकल छन् । एक जना दमकल चालक बिदामा बसेको र एउटा बिग्रेका कारण सोमबारको घटना भएको मेयर जिसीले बताए ।

  • अमृत सुवेदी / अनलाइनखबर

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ