पोखराको एयरपोर्टमा माइक्रोको ठक्करबाट एकको घटनास्थलमै मृत्यु, चालक घाइते

पोखराको एयरपोर्टमा माइक्रोको ठक्करबाट एकको घटनास्थलमै मृत्यु, चालक घाइते

Bike

पोखरा, २७ चैत / पोखराको एयरपोर्टमा माइक्रोबसको ठक्करले मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक घाइते भएका छन् ।

बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग९प २१९१ नम्बरको पल्सर मोटरसाइकलाई विपरीत दिशाबाट आएको ग१ख ३८७७ नम्बरको पोखरा माइक्रोले बिहान करिब ९ बजे ठक्कर दिएको हो ।  एयरपोर्ट अगाडि जनप्रिय क्याम्पस जाने मोडमा सो दुर्घटना भएको हो ।

ठक्करबाट मोटरसाइकलको पछाडि बसेका स्याङ्जा जिल्ला फेदीखोला घर भई पोखरा ड्यामसाइड बस्ने वर्ष २५ का शोभाकान्त पनेरुको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका वडा २१ निर्मलपोखरी बस्ने वर्ष २५ का सन्दीप पौडेल सख्त घाइते छन् । गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

नगर बसले लेन मिचेर सवारी चलाएको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । ठक्कर दिने बस र सवारी चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ