गण्डक न्युज पोखरा, २७ चैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले शिक्षा क्षेत्रमा भएका वेथितिको अन्त्यका लागि स्ववियु निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । उनले विद्यार्थीको बलियो संगठनका लागि स्वतन्त्र विद्यार्थी युनियन गतिशिल हुनुपर्ने बताए ।
अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको आयोजनामा मंगलबार भएको नव आगन्तुक विद्यार्थीहरूको स्वागत, सम्मान एवम् पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि पाण्डेले स्ववियु निर्वाचन रोकिएको क्याम्पसमै यसरी स्ववियुको पक्षमा बोलेका हुन् ।
गत वर्ष फागुनमा पोखराका पाँच क्याम्पसहरु पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस, जनप्रिय क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, विन्दुबासिनी संस्कृत विद्यापीठ र चिकित्सा शास्त्र अध्ययन संस्थानमा स्ववियु निर्वाचन सम्पन्न हुँदा मुलुककै प्रतिष्ठित र ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसमा भने विद्यार्थी संगठनबीचकै विवादले हुन सकेको थिएन । पोखरा विश्वविद्यालय, केन्द्रिय क्याम्पसमा यसै सातामात्र पहिलो पटक स्ववियु निर्वाचन भएको छ ।
उनले नेपालको शिक्षा नीति वैज्ञानिक, व्यवहारिक र नेपालको माटो सुहाउँदो तयार पार्न अनेरास्ववियुको भूमिका महत्वपूर्ण हुने बताए । बैशाख ९ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुने र त्यही अनुसार तल्लो तहमा पनि कार्यकर्ता मिलेर जानु पर्ने उनको भनाई छ ।
अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीका संयोजक राजन शर्मा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश संसद राजेन्द्र राई, नेकपा एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष तथा प्रदेश संसद कृष्ण थापा, पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियु सभापति तथा अनेरास्ववियुका पूर्व केन्द्रीय उपाध्यक्ष शोभियत ढकाल, अनेरा स्ववियुका केन्द्रीय सचिव सुदेश पराजुली, सचिवालय सदस्य सरिता पुरी, केन्द्रीय सदस्य भरतमान गुरुङ, त्रिवि जिल्ला कमिटी संयोजक विवेक देवकोटा, भूगोल अध्यक्ष शेखर गौतम लगायतले बोलेका थिए ।
कार्यक्रमको संचालन अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीका सचिव विजय पौडेलले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो