पोखरा, २८ चैत /दुर्घटनामा आफ्नो साथीको ज्यान गएपछि पोखराका विद्यार्थीहरुले बुधबार विभिन्न ठाउँमा प्रदर्शन गरे । मंगलबार एयरपोेर्टमा नगरबसको ठक्करले मोटरसाईकलमा सवार शोभाकान्त पनेरुको मृत्यु भएको थियो ।
मृतक पनेरु छोरेपाटन स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत थिए । दोषीमाथी कडा कारबाही सहित उचित राहतको माग गर्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।
विद्यार्थीहरुले पोखराका माईक्रोबस बन्द गरी नाराबाजी सहित प्रदर्शन गरे । सभागृह चोकमा विद्यार्थीहरुले नाराबाजी सहित केहिबेर प्रर्दशन गरे । विद्यार्थीको आन्दोलन पछि पोखराका माइक्रोबस सञ्चालनमा आएनन् । भित्रि बाटो र सानो माइक्रोबसहरु केही मात्रामा सञ्चालनमा आए ।
https://youtu.be/HDOYhw3i19w?t=9
मंगलबार बिहान ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकलाई विपरीत दिशाबाट आएको ग १ ख ३८७७ नम्बरको माइक्रोबसले माइक्रोबसले ठक्कर दिदा मोटरसाइकलको पछाडि बसेका स्याङ्जा घर भई पोखरा ड्यामसाइड बस्ने बिद्यार्थी पनेरुको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको थियो ।
मोटरसाइकल चालक पोखरा लेखनाथ महानगरपालिका वडा २१ बस्ने २५ बर्षीय सन्दीप पौडेल गम्भिर घाइते भएकाछन् । उनको हाल गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ। माईक्रो बस चालक स्याङजा आधिखोलाका ३६ बर्षीय दिप्ती नारायण ढकाललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
सम्बन्धित खबर
१७ बर्षका बालकले पोखराबाट बस चोरेर चितवन पुर्याएपछि …
पोखरामा एकै दिन दुईटा स्कूटर चोर्ने १७ वर्षका बालक पक्राउ
लमजुङमा सामूहिक भोज खाएका एकजनाको मृत्यु, २९ जना बिरामी
‘चिया पिउँदै समाजसेवा’ पोखरामा निरन्तर
बाग्लुङको खौलार बजारमा एकै रातमा ६ वटा घरमा चोरी
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका