चरक हस्पिटलको तेस्रो तलाबाट सिसा फोडेर हाम्फाले बिरामी, फुलबारीका गुरुङ गम्भिर

चरक हस्पिटलको तेस्रो तलाबाट सिसा फोडेर हाम्फाले बिरामी, फुलबारीका गुरुङ गम्भिर

Hamfalyo (1)

गण्डक न्युज पोखरा, २९ चैत / पोखरा, पृथ्वीचोक (नयाँबजार रोड) स्थित चरक मेमोरियल मेडिकेयर हस्पिटलमा उपचाररत बिरामी हस्पिटलबाटै हाम्फालेका छन् ।

लमजुङ घर भई पोखरा ११ फुलबारी बस्ने युवराज गुरुङ हस्पिटलबाट अहिले दिउँसो पौने ५ बजे हाम्फालेको कास्की प्रहरीले जानकारी दिएको छ ।

तीन तलामाथि सिसा फोडेर रोडमा हाम्फाल्दा टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए । ३० वर्षीय गुरुङलाई चरक हस्पिटलबाट मनिपाल कलेज रिफर गरिएको छ ।

यही चैत २७ गतेबाट आईसियुमै राखेर उनको उपचार गरिँदै आएको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ । उनको मानसिक सन्तुलन ठीक नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताईन्छ ।

तस्विरः विक्रम थापा मगरको फेसबुकबाट ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds