गण्डक न्युज पोखरा, २९ चैत / पोखरा, पृथ्वीचोक (नयाँबजार रोड) स्थित चरक मेमोरियल मेडिकेयर हस्पिटलबाटै हाम्फालेका बिरामीको मृत्यु भएको छ ।
लमजुङ क्होलासोथर २ मालिङ घर भई पोखरा ११ फुलबारी बस्ने युवराज गुरुङ हस्पिटलबाट विहीबार दिउँसो पौने ५ बजे हाम्फालेको कास्की प्रहरीले जानकारी दिएको छ । उनको उपचारका क्रममा मृत्यु भएको छ हो ।
तीन तलामाथि सिसाको झ्याल फोडेर रोडमा हाम्फाल्दा टाउको फुटेको थियो । ३० वर्षीय गुरुङलाई चरक हस्पिटलबाट मनिपाल कलेज रिफर गरिएकोमा उपचारकै क्रममा तीन घण्टापछि मृत्यु भएको कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।
यही २७ गतेबाट आईसियुमै राखेर उनको उपचार गरिँदै आएको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ । उनको मानसिक असन्तुलन देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताईन्छ ।
तीन दिनदेखि उपचाररत उनी अर्को बेडबाट झ्यालतिरको बिरामी नाघेर सिसा फुटाई हाम्फालेका थिए । गुरुङकी श्रीमती घटनापछि बेहोस् अवस्थामा थिईन् । उनीहरुले महेन्द्रपुलमा फेन्सी स्टोर्स सञ्चालन गर्दै आएका छन् ।
तस्विरः विक्रम थापा मगरको फेसबुकबाट ।
सम्बन्धित खबर
पोखराको बेगनासतालमा एक युवकको शव फेला
कास्कीका माधवको शव स्याङ्जाको मिर्मिमा भेटियो, बागलुङका डम्बरको अत्तोपत्तो छैन
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई
माधव र डम्बर अझै फेला परेनन्, माधवको पर्स आमाले भेटिन्
एमालेको गण्डकी प्रदेश अधिवेशनमा ओली अनुपस्थित, महासचिव पोखरेल प्रमुख अतिथि
ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल