गण्डक न्युज पोखरा, ३० चैत / पोखरा ७ रत्नचोक स्थित रत्नज्योति माविमा अध्ययनरत शंकर श्रेष्ठले फोहोर संकलनका लागि उपयोगी स्वचालित यन्त्र निर्माण गरेका छन् । कक्षा ७ मा अध्ययनरत १३ वर्षीय श्रेष्ठले एकल प्रयासमा स्थानीय सामाग्री प्रयोग गरी उक्त रोबर्ट बनाएका हुन् ।
काठका टुक्राहरु, आल्मुनियम तथा टीनका धातु, जुटको बोरा, गम, रबर पांग्रा, डिसी मोटर, हाइड्रोलिक लगायतका साम्राग्री प्रयोग गरी बनाएको उक्त यन्त्रको पत्रकार सम्मेलन गरी सार्वजनिक गरियो ।
सो यन्त्रको अगाडिको भागले फोहोर उठाएर मोटरको सहायताले माथिपट्टी रहेको लिफ्टमा पुर्याउँदछ । रोलरलाई पछाडि तान्दा लिफ्ट घुमेपछि फोहोर बाकसमा जम्मा हुन्छ । क्रेनको सहायतमा सो फोहोर विभिन्न बाकसमा राख्न सकिन्छ । फोहोरको प्रकृति अनुसार फोहोर छुट्याउन सकिने रोबर्ट निर्माणकर्ता शंकरले बताए ।
शंकरले यस रोबर्ट बाहेक केवलकार, रिमोट गाडी, डोजर बनाईसकेका छन् । यसै वर्ष जिल्ला शिक्षा कार्यालयबाट अन्तर विद्यालय स्तरीय प्रतिभा पहिचान अन्तर्गत विज्ञान विधामा उनी प्रथम भई पुरस्कृत समेत भएका थिए ।
गोरखा गण्डक गाउँपालिका ३ घर भई रत्नचोकमै बस्दै आएका श्रेष्ठले नर्सरीदेखि नै सोहि विद्यालयमा अध्ययन गर्दै आएको विद्यालयका संस्थापक निर्देशक हेमन्त अधिकारीले जानकारी दिए । शंकरले निर्माण गरेको रोबर्टका लागि विद्यालयले आर्थिक सहयोग प्रदान गरेको छ । विद्यार्थीका यस्ता प्रतिभालाई विद्यालयले कदर गर्दै सहयोग गर्ने उनले बताए ।
यसअघि सोहि विद्यालयमा अध्ययन गरेका तल्लज बराल, तालांक बराल, सनिक केसी, शिशिर कुँवर लगायतले विभिन्न प्रकारका रोबर्ट निर्माण गरिसकेका छन् । यन्त्र प्रदर्शन कार्यक्रममा पोखरा वडा नं.७ का अध्यक्ष रामचन्द्र बराल, वडा सदस्य दीनबन्धु पौडेल, पत्रकार नारायण कार्की, शंकरकी आमा रोमिका श्रेष्ठ लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला