‘थासाङमा ओमबिकास स्मृतिसभा तथा पुरस्कार वितरण’

‘थासाङमा ओमबिकास स्मृतिसभा तथा पुरस्कार वितरण’

30705461_10208703898235392_8818640320611745792_n

सुन्दर कुमार थकाली,मुस्ताङ १ बैशाख । हिमालपारीको जिल्ला मुस्ताङको थाकखोला कोवाङमा पूर्व सांसद ओमबिकास गौचनको सम्झनामा १२औ स्मृति शोकसभा मनाईएको छ ।

स्वर्गिय सांसद ओमबिकास गौचन तथा उहाँकी धर्मपत्नी देउकुमारी गौचन स्मृति प्रतिष्ठानद्धारा पहिलो पटक आयोजित स्मृतिसभा तथा पुरस्कार बितरण समारोहलाई संम्वोधन गर्दे मुस्ताङकी पूर्व माननिय सभासद एवंम् एमाले पोलिटव्युरो सदस्य श्रीमाया थकालीले जिल्लामा शैक्षिक,सामाजिक,आर्थिक,शैक्षिक र राजनैतिक चेतनाको क्रमबद्ध बिकास भईरहेपनि राजनैतिक बिकृति–बिसङ्गती बिद्यमान रहेकोमा चिन्ता व्यक्त गरिन् ।

उनले एउटा कुशल राजनितिक व्यक्तिले यसप्रकारको सम्मानले नयां यूवापिढी तथा पछिल्ला पुस्तालाई उर्जा प्रदान गर्न योगदान पु¥याउने उल्लेख गर्दे थकालीले आगामी दिनमा स्वर्गिय गौचनले देखाएको मार्गतर्फ अघि बढ्नुपर्ने औल्याईन् ।०४६ सालको जनआन्दोलनदेखि हालसम्म जिल्लाको समग्र बिकास मोडल अघि बढीरहेपनि राजनितिक संस्कार र चेतनामा परिवर्तन आउन नसकेको दुखेसो व्यक्त गर्दे सभासद थकालीले स्वर्गिय गौचनले देखेको सपना साकार पार्ने दिशातर्फ अघि बढ्न आग्रह गरिन् ।

स्वर्गिय गौचनका दाजु ललित गौचनले सादा जिवन उच्च बिचार भएका सांसद गौचन बिकासप्रेमी र जनताको सुख दुखको सारथि भएको चित्रण गर्दे ओम बिकास गौचनले अपनाएका मुल्य र मान्यतालाई पछिल्ला पिढीले पछ्याउनु जरुरी भएको बताए ।उनले स्वर्गिय गौचनलाई पछिल्ला पिढीले सम्झिरहन सकुन भनेर प्रतिष्ठान गठन भएको उल्लेख गर्दे यसको संम्रक्षण र बिकासमा सबै क्षेत्रको सहयोग उक्तिकै आवश्यक भएको जनाए ।

थासाङ २ का वडाअध्यक्ष नरप्रसाद हिराचनले स्वर्गिय सांसद गौचन मुस्ताङे कुलश राजनेता तथा उदारवादी जनप्रेमी भएको उल्लेख गर्दे उहाँकै आदर्श मुल्यमान्यतालाई पछ्याउदै जनताको प्रतिनिधित्व गर्ने अवसर आफुलाई जुटेको खुलाए ।उनले ओमबिकास गौचनले छाडेका अधुराकार्यलाई पुरा गर्ने दिशातर्फ अघि बढ्न कटिवद्ध भएर लाग्ने प्रतिबद्धता समेत जनाए ।

पूर्व जिविस सभापति आनन्द शेरचनले स्वर्गिय गौचन राजनेता मात्र नभई कृषक रुपमा पनि परिचित व्यक्तत्व भएको बताउदै थासाङमा पहिलो नमुना स्याउ फार्म खोलेर अन्य कृषकलाई प्रेरणा दिदै आएका व्यक्ति भएकाले कृषिक्षेत्रको बिकासमा समेत उहाँको योगदान महत्वपुर्ण भएको खुलाए ।

त्यस्तै, सांसद गौचनका ज्येष्ठ सुपुत्री शवी शेरचन स्वर्गिय गौचन आफ्ना पिता मात्र नभई जिल्लाकै अभिभावक भएको उल्लेख गर्दे राजनेतालाई सम्मान गर्ने परिपाटीले राजनितिक संस्कारको बिकास दरिलो हुने तर्क गरिन् ।क्यान महासंघको सदस्य र लायन्सक्लव अफ पोखरा व्युटीसिटीको सचिव समेत रहेकी शेरचनले मुस्ताङमा क्यानमा आवद्ध आईसिपी संम्वन्धिकार्य प्रतिष्ठान मार्फत अघि बढाउने जनाईन् ।

उनले आफ्ना पिता सामाजिक ,राजनैतिक र कृषिप्रेमी भएकाले लायन्स संग सहकार्य गरेर जिल्लाको सामाजिकक्षेत्रका अग्रजहरुको सम्मान र सामाजिक शहकार्यतर्फ अघि बढ्ने बताईन् । कार्यक्रममा मीर थासाङका मुखिया मिन गौचनले पनि स्वःगौचनको योगदानबारे चर्चा गरे ।

१२औं गौचन दम्पती स्मृतिसभाका अवसरमा गतवर्ष भएको माध्यमिक शिक्षा परिक्षामा उत्कृष्ट अंङ्क ल्याउने जिल्लाका ३ बिद्यालयका बिद्यार्थीलाई जनही १०–१० हजार र प्रमाणपत्रले सम्मान गरिएको छ ।पुरस्कृत हुनेमा ज्ञानोदय मावि लेतेका रोशन नेपाली,धौलागिरी आवासिय मावि जोमसोमकी नेमाडोमा गुरुङ र दलिततर्फ जनआदर्श माविकी सोविता दर्जी छन् ।

उनीहरुलाई प्रमुख अतिथि श्रीमाया थकाली पुरस्कार हस्तान्तरण गरेकी हुन् ।कार्यक्रम अघि कोवाङ खन्तीमा रहेको स्वर्गिय गौचनको शालिकमा पूर्व सांसद श्रीमाया थकाली,सिडिओ रामचन्द्र तिवारी,जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्हामो गुरुङ ,जिल्ला शिक्षा अधिकारी युवराज बगाले आदीले माल्यापर्ण गरेका

थिए । प्रतिष्ठानकी अध्यक्ष शवी शेरचनको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन गिरीसिंह शेरचनले गरेका थिए ।
स्वर्गिय सांसद गौचनको नाममा एक महिनाअघि स्मृति प्रतिष्ठान गठन गरिएको हो ।जसको अध्यक्षमा शवी गौचन,उपाध्यक्षमा रमेश भट्टचन,सचिवमा गिरीसिंह शेरचन र कोषाध्यक्षमा शर्मिला गरुङ छन् । सदस्यहरुमा नरप्रसाद हिराचन,छिरिङ ल्हामो गुरुङ र गौतम शेरचन रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds