पोखरामा दुर्घटना हुँदा कुश्मा नगरपालिकाकी उपमेयरसहित ५ घाईते

पोखरामा दुर्घटना हुँदा कुश्मा नगरपालिकाकी उपमेयरसहित ५ घाईते

kushma

पोखरा, १ बैशाख । पोखराको गगनगौंडामा ट्रकले जीपलाई ठक्कर दिँदा कुश्मा नगरपालिका पर्वतकी उपमेयरसहित ५ जना घाईते भएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ तल्लो गगनगौडा स्थित पृथ्वीराजमार्गमा ना २ ख ९७८९ नम्बरको ट्रक र बिपरित दिशा तर्फबाट आँउदै गरेको ना ४ च ५०५४ नम्बरको बोलेरो जिप ठोकिएका हुन् । ठक्कर पछि जिप पल्टीएको थियो ।

उपमेयर सीता काफ्ले लामिछाने सहित उनकी छोरीहरु आकृति लामिछाने र देवानी लामिछाने, जीप चालक विनोद क्षेत्री र सहयोगी शिव क्षेत्री घाईते भएका हुन् । उनीहरुको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ ।

उपमेयर लामिछानेलाई नाक, घाँटी, ओठमा चोट लागेको छ । सबैको अवस्था सामान्य रहेको कास्की प्रहरीले जनाएको छ ।  दुई जनाको गण्डकी मेडिकल कलेज र ३ जनाको मणिपाल अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले जिप, ट्रक र ट्रक चालक लाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ