पोखरा, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली हेलिकोप्टरमा तेल भर्न पोखरा विमानस्थल झरेका छन् । काठमाडौंबाट पोखरा हुँदै मुगुको रारातालका लागि उडेका प्रधानमन्त्री चढेको हेलिकप्टर पोखरा विमानस्थलमा इन्धन भर्न झरेको हो ।
शुक्रबार विहान ९ बजे दुईवटा हेलिकप्टरमा आएका प्रधानमन्त्रीको टोली इन्धन भर्न नपाए पछि १ घण्टा विमानस्थलमा नै अड्कीयो । नेपाल आयल निगमको पोखरा विमानस्थलको डिपोबाट हवाइ इन्धन नताने पछि टोलि पोखरा विमानस्थलमा १ घण्टा अड्कीएको हो ।
विमानस्थलमा रहेका दुई वटा टयांकर मध्ये एकमा इन्धन सकिएको थियो अर्को टयांकर स्टार्ट नै भएन नेपाल आयल निगम पोखराका प्रमुख नवराज पोख्रेलले बताए ।
उनका अनुसार खाली भएको टयांकरमा इन्धन ट्यांकीबाट इन्धन नै नताने पछि समस्या आएको बताए । पछि डाइनामोलाई मर्मत गरेर इन्धन भरेको बताए । प्रधानमन्त्री बागलुङको ढोरपाटन हुँदै मुगुको राराताल पुगेका थिए । प्रधानमन्त्रीसगँ अरु मन्त्री र नेताहरु पनि थिए ।
सम्बन्धित खबर
पृथ्वी राजमार्ग पश्चिम खण्डकाे २० किमि सडक ६ लेनको बन्ने
शान्ति श्रीस मगरको ‘जाम हिँड साइली’ सार्वजनिक
सती कथा संग्रहको विमोचन
उपन्यास ‘सन् एण्ड स्याडो’ लोकार्पण
७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस प्रभातफेरी कार्यक्रम गरी मनाइयो
पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तमलाई हातपात गर्ने गोविन्द पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका