मोटरसाइकल सहित हराएका तनहुँका नविन फेवातालमा मृत फेला

मोटरसाइकल सहित हराएका तनहुँका नविन फेवातालमा मृत फेला

पोखरा, ४ बैशाख / तनहुँ जिल्ला, व्यास नगरपालिका वडा नं. ५ का २८ बर्षिय नबिन श्रेष्ठ गत चैत ३० गतेदेखि बेपत्ता भएका थिए । पोखरा रामबजार बस्दै जागिर गर्ने उनी त्यसपछि अत्ताे पत्ताे थिएन ।

उनी हराएपछि परिवार चिन्तामा डुबेकाे थियाे । नयाँ बर्षकाे भाेलिपल्ट तनहुँ प्रहरीमा निवेदन दिएका थिए । मंगलबार एउटा शव फेवातालमा फेला पर्याे । उनी चढेको ग७प ४०५४ नम्बरको १५० सिसी रातो पल्सर भेटियो । दिउँसो साढे ३ बजे मन्दिरको पूर्व पट्टी उनी मृतअवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए ।

दुई दिन देखि मोटरसाइकल सहित नवीन श्रेष्ठ हराएकाेमा ताल बाराही मन्दिर नजिकै डुबिरहेको अवस्थामा शव फेला परेको हो । उनको पर्सबाट नबिन श्रेष्ठ नाम गरेको लाइसेन्स भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । तालमा तैरिएको शवलाई रेस्क्यु टावर फेवातालको उद्धार टोली सशस्त्र प्रहरी बलले निकाले थियो ।

शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा राखीको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ