वैशाख ५ गते प्रदेश नं. ४ अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु:
नवलपरासी(बर्दघाट सुस्ता पूर्व) : सवारी दुर्घटना
मिति २०७५।०१।०५ गते नवलपरासीको(बर्दघाट सुस्ता पुर्व) देबचुलि १४ प्रगतिचोकमा पुर्बबाट पस्चिम तर्फ आउँदै गरेको लु १ ख ८१५२ नम्बरको ट्क को लाइट सर्ट भइ रोकि राखेको अवस्थामा सोहिदिशा बाट आउदै गरेको ग१३प ५०० नम्बरको स्कुटि अचानक पछाडिबाट ठोकिन जाँदा स्कुटिमा सवार चालक जिल्ला तनहु ब्यास नगरपालिका बस्ने वर्ष २२ को बादल घले गुरुङ घाइते भई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिगई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
गोरखा : सवारी दुर्घटना
मिति २०७५।०१।०४ गते अन्दाजी १६:०० बजेको समयमा जिल्ला गोरखा गोरखा नगरपालिका वडा न. ११स्थित बाह्रकिलो स्वास्थ्य चौकी अगाडि गोरखाबाट आबुखैरेनि तर्फ जांदै गरेको ग १ ख ६३६० नम्बरको को मिनि ट्कले जिल्ला लम्जुङ बेशीशहर ९ घर भई हाल गोरखा नगरपालिका ११ स्थितमा लेबर काम गर्ने पैदल यात्री वर्ष ३४ को पवन बि.क.लाई ठक्कर दिई घाईते भएकोमा उपचारको लागि पोखरा स्थित चरक अस्पतालमा पठाईएको छ ।
उक्त घटनाका विषयमा आज मिति २०७५।०१।०५ गते बिहान अन्दाजी ०७:३० बजे खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिगई जिल्ला प्रहरी कार्यालय चितवनसँग समवन्य गरि चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
बागलुङ : आगोलागी
मिति २०७५।०१।०४ गते जिल्ला बागलुङ बडिगार्ड गाउँपालिका १ दगातुनडाँडा बस्ने रन बहादुर गिरीको घरमा अचानक आगोलागी भई घरमा रहेका लत्ता कपडा अन्नपात लगायत घर पुर्ण रुपमा जली नष्ट भएको छ । आगो रातको००:३० बजे स्थानियहरुको सहयोगमा नियन्त्रणमा लिईएको छ । उक्त विषयमा आज ७:०० बजे खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिगई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
तनहुँ : भिरबाट हामफालि घाईते
मिति २०७५।०१।०५ गते १३:३० बजेको समयमा हेटौडा घर भई हाल जिल्ला तनहुँ शुक्ला गण्डकी न.पा. ५ बेलचौतारा डेरा गरी बस्ने वर्ष अंन्दाजी २०।२२ को श्याम पौडेल सोहि ठाउमा रहेको भीरबाट १०० फिट तल हामफाली घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटि गई घाईतेलाई उद्दार गरी तत्काल उपचारको लागी एम्बुलेन्सद्धारा पोखरा पठाईएको छ ।
मिती : २०७५।०१।०५ गते ।
प्रहरी उपरीक्षक
(विरेन्द्र कुमार बस्याल)
सम्बन्धित खबर
स्याङ्जाका पालिकाले लोकल गाई र हल गोरु पाल्नेलाई नगद दिन थाले
मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ
गण्डकी प्रदेशद्वारा ६ साहसी आरोही सम्मानित
सरकारद्वारा जारी नियमावलीप्रति इक्यान कास्कीको गम्भीर आपत्ति, तत्काल फिर्ता लिन माग
मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन