पोखरा, १० वैशाख / कास्कीमा आर्थिक वर्ष २०७४/७५ को ९ महिनामा सवारी दुर्घटनाबाट ४३ जनाको ज्यान गएको छ ।दुर्घटनामा पछिल्लो समय ज्यान जानेको संख्या बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तथ्यांकमा देखिएको छ ।
श्रावण र भाद्रमा ४/४, असोज र कार्तिकमा २/२, मंसिरमा ३ , पौषमा ६ , माघमा ५ , फागुनमा ८ र चैत्रमा ९ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका हुन्।
९ महिनामा ७० वटा सवारी साधन दुर्घटनामा परेका थिए। यी दुर्घटनामा ६० जना गम्भिर घाईते भएका थिए। ट्राफिक कार्यालयका अनुसार चालकको लापरबाहीले ५२ र सडकको कारण ४, तिव्र गति १४ गरी ७० वटा सवारी साधन दुर्घटनामा परेका हुन् ।
गत आर्थिक वर्ष २०७३ /२०७४ मा कास्कीमा सवारी दुर्घटनाबाट ५८ जनाले ज्यान गुमाएका थिए भने गम्भिर घाइतेको सख्या ७३ र सामान्य घाइतेको संख्या ३१ रहेको थियो । सो अवधिमा ९९ वटा सवारी साधन दुर्घटनामा परेका थिए ।
सवारी साधनको चाप, मापसे, तिब्र गतिका कारण दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख ऐन बहादुर मल्लले जानकारी दिए । उनले सडक संजालको पूर्वाधार विकास, ट्राफिक सचेतनालाई जोड दिन सके दुर्घटना कम हुने र ट्राफिक नियम उल्लंघन गर्दा मानवीय तथा भौतिक क्षति बढ्दै गएको बताए ।
मल्लले ट्राफिक जनचेतना प्रशिक्षण कार्यक्रम मार्फत विभिन्न स्कुलहरुमा विद्यार्थि, व्यवसायी, चालक, परिचालक एवं सर्वसाधारणलाई प्रशिक्षण दिदै आएको बताए ।
सम्बन्धित खबर
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए