तनहुँ, ११ वैशाख– तनहुँको दमौलीमा आयोजित प्रदेश राजधानी तथा नामाङ्कन सुझाव संकलन कार्यक्रममा विभिन्न क्षेत्रका अगुवाले प्रदेश नं ४ नामबारे लिखित तथा मौखिक सुझाव राखेका छन् ।
उनीहरुले प्रदेशको नामकरणमा विभिन्न विकल्प पनि सुझाएका छन् । प्रदेश राजधानी पोखरा नै उपयुक्त हुनेमा एकमत देखिएका सहभागिहरुले नाम भने गण्डक र तमुवान–मगरात राख्नु उपयुक्त हुने बताएका छन् ।
त्यस्तै उनीहरुले गण्डकी, व्यास, व्यास पराशर, वेदव्यास, मादीसेती, गोरखा, मगरात, मुक्तिनाथ, मुक्तिगण्डक आदि नाममा पनि छलफल गर्न सकिने बताएका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सबै भाषा,धर्म, संस्कृति भुल्न नहुनेगरी नामाकारण गर्नुपर्ने बताए ।
प्रदेशसभा सदस्य हरिशरण आचार्यले जिल्लाबाट प्राप्त सुझाव प्रदेशसभामा छलफलका लागि पेश गरिने बताए । उनले प्रदेश राजधानी पोखरा बनाउनुपर्नेमा कुनै दुईमत नभएको भन्दै नामबारे सुझावमाथि छलफल गरेर निर्णयमा पुग्ने बताए ।
कार्यक्रममा पोखरा नजिक रहेको तनहुँका विभिन्न स्थानहरुमा केहि मन्त्रालयहरु राख्नुपर्ने सुझाव समेत आएको छ । समितिले प्रदेशका सबै जिल्लामा सुझाव संकलनका लागि प्रदेशसभा सदस्यहरुलाई खटाएको छ ।
-किरण श्रेष्ठ
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पृथ्वीनारायण क्याम्पस इतिहास विभागमा शोधपत्र प्रस्ताव लेखन कार्यशाला
प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही, सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन