तनहुँ, ११ वैशाख– तनहुँको दमौलीमा आयोजित प्रदेश राजधानी तथा नामाङ्कन सुझाव संकलन कार्यक्रममा विभिन्न क्षेत्रका अगुवाले प्रदेश नं ४ नामबारे लिखित तथा मौखिक सुझाव राखेका छन् ।
उनीहरुले प्रदेशको नामकरणमा विभिन्न विकल्प पनि सुझाएका छन् । प्रदेश राजधानी पोखरा नै उपयुक्त हुनेमा एकमत देखिएका सहभागिहरुले नाम भने गण्डक र तमुवान–मगरात राख्नु उपयुक्त हुने बताएका छन् ।
त्यस्तै उनीहरुले गण्डकी, व्यास, व्यास पराशर, वेदव्यास, मादीसेती, गोरखा, मगरात, मुक्तिनाथ, मुक्तिगण्डक आदि नाममा पनि छलफल गर्न सकिने बताएका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सबै भाषा,धर्म, संस्कृति भुल्न नहुनेगरी नामाकारण गर्नुपर्ने बताए ।
प्रदेशसभा सदस्य हरिशरण आचार्यले जिल्लाबाट प्राप्त सुझाव प्रदेशसभामा छलफलका लागि पेश गरिने बताए । उनले प्रदेश राजधानी पोखरा बनाउनुपर्नेमा कुनै दुईमत नभएको भन्दै नामबारे सुझावमाथि छलफल गरेर निर्णयमा पुग्ने बताए ।
कार्यक्रममा पोखरा नजिक रहेको तनहुँका विभिन्न स्थानहरुमा केहि मन्त्रालयहरु राख्नुपर्ने सुझाव समेत आएको छ । समितिले प्रदेशका सबै जिल्लामा सुझाव संकलनका लागि प्रदेशसभा सदस्यहरुलाई खटाएको छ ।
-किरण श्रेष्ठ
सम्बन्धित खबर
तनहुँमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु
तनहुँमा ७ जुवाडे पक्राउ
बन्दिपुरका मुक्ति गुरुङको अमेरिकाको टेक्ससमा सवारी दुर्घटनामा मृत्यु
तनहुँमा १२ वर्षीया बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ
तनहुँमा गाई काटेको आरोपमा तीन जना पक्राउ
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि