गण्डक न्युज पोखरा, ११ वैशाख । पोखरा- १५ भेडीफारामकी बालकुमारी गिरी (सीता) ६ दिनदेखि परिवारबाट सम्पर्क विहिन छिन् । दिन बित्दै जाँदा समेत उनको पत्तो नलागेपछि परिवार चिन्तामा डुबेका छन् ।
४८ वर्षीया गिरी गत वैशाख ६ गते विहीबार दिउँसो घर नजिकै गलेश्वरचोकबाट महेन्द्रपुल जाने भन्दै गाडी चढेको परिवारले जनाएको छ । त्यसपछि उनी फर्किनन् । श्रीमान् गोपाल गिरी, छोराहरु भोलिपल्टैदेखि खोजीकार्यमा जुटेका छन् ।
गिरी अध्यात्मिक स्वभावकी रहेको र परिवारमा कुनै मनमुटाव नरहकाले ज्यान फाल्ने जस्तो नराम्रो गरेकी छैनन् भन्ने परिवारको ठम्याई छ । तर पनि सेती खोँचहरुमा प्रहरीको रेस्क्यु टीम सहित खोजी कार्य अघि बढाएका छन् । धार्मिक गतिविधिमा असाध्यै लागिपर्ने गिरी भगवानको ध्यान गर्ने, पूजा गर्ने गर्थिन् ।
‘ठूलो छोरा बेलायतमा, कान्छो छोरा पोखरामै व्यवसायी छन् । बुहारी इञ्जिनियर । परिवारमा कुनै अभाव, मनमुटाव छैन ।’ – आफन्त किसन गिरीले भने- ‘नराम्रो भयो, गर्नुभयो भन्ने हामीलाई लाग्दैन । धार्मिक स्वभावका भएकाले कतै धाम तिर पो जानुभयो कि ?’
श्रीमान् गोपाल गिरी पनि मिडियामा आउन नचाहेको बताए । पक्कै नराम्रो त भएको छैन अब तीर्थ धाम तिर खोज्नेछौं । उनले भने । गिरीले घरमा पत्र समेत छाडेर गएकी छिन् । उनले आफूलाई नखोज्न र आफ्नो चिन्ता नलिन आग्रह गरेको पारिवारीक श्रोतले जनाएको छ ।

वैशाख ६ गतेदेखि सम्पर्कविहीन भएकी बालकुमारी गिरी (सीता)। उनी यही पोशामा घरबाट हिँडेकी थिईन् ।
सम्बन्धित खबर
गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस
लमजुङमा बुवाको हत्या आरोपमा छोरा पक्राउ
प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई
स्याङ्जामा एकैदिन गरिमा विकास बैंकका दुई नयाँ शाखा बिस्तार
युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी राखिँदैन: मन्त्री थापा
पोखरामा मरेको खसीको मासु बेचेको आरोपमा २ जना पक्राउ
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही