गण्डक न्युज पोखरा, ११ वैशाख / पोखराको एक मुख्य पर्यटकीय गन्तव्य सराङकोट सडकखण्डमा घुम्ती घुम्तीमा ऐना (कन्भेक्स मिरर) राखिएको छ ।
भिरालो सडक र साँघुरो भएका कारण उच्च दुर्घटनाको जोखिम रहेकाले यसको न्यूनिकरणको लागि पोखरा लेखनाथ महानगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ऐनाहरु राखेको हो ।
गत चैत २४ गते सराङकोट सडकखण्डमा लेक भ्यू रिसोर्टको पर्यटकीय हाइसको ठक्करबाट स्थानीय ३६ वर्षीय रामु पुनको मृत्यु भएको थियो ।

घुम्ती सडकमा १ मिटर ब्यास रहेको रोड सेफ्टी कन्भेक्स मिरर राखिएको छ । मंगलबार पाँच स्थानमा राखिएको र अन्य स्थानमा समेत आवश्यकता अनुसार राखिने महानगर प्रमुखका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । महानगरका अन्य अप्ठ्यारा सडक तथा घुम्तिहरुमा समेत वडासँगको समन्वयमा ट्राफिक सचेतनाका सामाग्री राखिने जनाइएको छ ।
सराङकोटको विभिन्न स्थानमा ट्राफिक सचेतना चिन्ह समेत राखिने कुरा वडा नं. १८ का अध्यक्ष रणबहादुर थापाले बताए । ट्राफिक ब्यवस्थापनको लागि महानगरले यसअघि ट्राफिक कोन ब्यवस्थापन गरेर लेन अनुशासन कायम गराउन पहल गरेको थियो । त्यस्तै, ट्राफिक सचेतनाको संकेत पनि पोखरा वडा नं. ३ र ४ मा राखिसकिएको छ ।

घुम्तिहरुमा भैरहेको दुर्घटना न्यूनिकरण गर्नको लागि मिरर उपयुक्त हुने ट्राफिक प्रहरी कार्यालयका प्रमुख ऐन कुमार मल्लले बताए ।
सम्बन्धित खबर
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु