गण्डक न्युज पोखरा, ११ वैशाख / पोखराको एक मुख्य पर्यटकीय गन्तव्य सराङकोट सडकखण्डमा घुम्ती घुम्तीमा ऐना (कन्भेक्स मिरर) राखिएको छ ।
भिरालो सडक र साँघुरो भएका कारण उच्च दुर्घटनाको जोखिम रहेकाले यसको न्यूनिकरणको लागि पोखरा लेखनाथ महानगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ऐनाहरु राखेको हो ।
गत चैत २४ गते सराङकोट सडकखण्डमा लेक भ्यू रिसोर्टको पर्यटकीय हाइसको ठक्करबाट स्थानीय ३६ वर्षीय रामु पुनको मृत्यु भएको थियो ।

घुम्ती सडकमा १ मिटर ब्यास रहेको रोड सेफ्टी कन्भेक्स मिरर राखिएको छ । मंगलबार पाँच स्थानमा राखिएको र अन्य स्थानमा समेत आवश्यकता अनुसार राखिने महानगर प्रमुखका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । महानगरका अन्य अप्ठ्यारा सडक तथा घुम्तिहरुमा समेत वडासँगको समन्वयमा ट्राफिक सचेतनाका सामाग्री राखिने जनाइएको छ ।
सराङकोटको विभिन्न स्थानमा ट्राफिक सचेतना चिन्ह समेत राखिने कुरा वडा नं. १८ का अध्यक्ष रणबहादुर थापाले बताए । ट्राफिक ब्यवस्थापनको लागि महानगरले यसअघि ट्राफिक कोन ब्यवस्थापन गरेर लेन अनुशासन कायम गराउन पहल गरेको थियो । त्यस्तै, ट्राफिक सचेतनाको संकेत पनि पोखरा वडा नं. ३ र ४ मा राखिसकिएको छ ।

घुम्तिहरुमा भैरहेको दुर्घटना न्यूनिकरण गर्नको लागि मिरर उपयुक्त हुने ट्राफिक प्रहरी कार्यालयका प्रमुख ऐन कुमार मल्लले बताए ।
सम्बन्धित खबर
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए