प्रदेश ४ का जिल्लाहरुमा कहाँ के घटना/दुर्घटना भए ?

प्रदेश ४ का जिल्लाहरुमा कहाँ के घटना/दुर्घटना भए ?

Province 4

गण्डक न्युज, पोखरा ११ वैशाख ।

प्रदेश प्रहरी कार्यालय, पोखराबाट प्राप्त सामाग्री जस्ताको तस्तै:

कास्की: स्टोप चुलो पड्की घाइते

मिति २०७५।०१।१० गते जिल्ला धादिङ काफलपामि गाउपालिका ३ घर भई हाल कास्कीको पोखरा लेखनाथ महानगरपालिका ५ पर्स्याङ बस्ने सन्दिप गुरुङको श्रीमति वर्ष १९ की सबिता गुरुङ भान्सा कोठामा खाना पकाउने क्रममा स्टोप पड्कन गई कपडामा आगो सल्कन जादा घाटि, चिउडो, छाति र दुबै हात जलि उपचारको लागी क्षेत्रिय अस्पताल गण्डकीमा पठाईएको छ ।

स्याङ्जा: कालिगण्डकी नदिमा हाम फालि घाईते

मिति २०७५।०१।१० गते स्याङ्जाको गल्याङ नगरपालिका १ राम्दिमा पक्कि पुलबाट रुपन्देहिको बुटवल उप (महानगरपालिका ११ कालिकानगर बस्ने वर्ष ३५ कि गोमा वाग्ले र निजको छोरा वर्ष ४ प्रज्ञान वाग्ले नदिमा हाम फालेको देखि तत्काल स्थानियले उद्दार गरि उपचारको लागि गल्याङ अस्पताल पठाईएको छ । घटनास्थलमा प्रहरी टोलि गएको साथै घटनाका सम्बन्धमा समेत अनुसन्धान गरिरहेको छ ।

तनहुँ: छतबाट हाम फाली घाइते

मिति २०७५।०१।११ गते तनहुँको भानु नगरपालिका १२ बयापानी घर भई तनहुँको ब्यास नगरपालिका ३ मा रहेको दमौली अस्पतालमा उपचार गराई रहेका मानसिक सन्तुलन ठीक नभएको वर्ष ४० को सोम बहादुर थापा अस्पतालको छतबाट हामफाली घाइते भएका छन् । उनलाई थप उपचारको लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ ।

स्याङ्जा: सवारी दुर्घटना

मिति २०७५।०१।१० गते स्यङ्जाको पुतलिबजार नगरपालिका ११ शंखरपुर स्थित सिद्धार्थ राजमार्गमा वालिङ बाट पोखरा तर्फ जांदै गरेको बा ४ क १०८१ नं। को हाईस,र पोखरा बाट बुटवल तर्फ आउदै गरेको ग१३प ८५४४ नं।को मोटरसाईकल एक आपसमा ठक्कर खांदा मोटरसाईकल चालक पर्वतको फलेबास नगरपालिका १ बस्ने वर्ष २५ को राजकुमार सुनार र मोटरसाइकल पछाडि सवार सोहि ठाउ बस्ने वर्ष २६ को ईश्वर सुनार घाईते भएका छन । घाईतेलाई उपचारको लागि पोखरा तर्फ पठाइएको छ भने घटनास्थलमा प्रहरी टोलि गई दुबै सवारि साधन र हाईस चालकलाई नियन्त्रणमा लिएको छ ।

नवलपरासी : सवारी दुर्घटनामा ३ घाईते

मिति २०७५।०१।१० गते नवलपरासी मध्यबिन्दु नगरपालिका ०७ चोरमारा स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लु १ ज २३०५ न। को ऊईङगर गाडिको ब्रेक फेल भई सडकको साईडमा पल्टदा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ का वर्ष ५६ को नरेन्द्र ,काठमाण्डौ महानगरपालिका ८ कि वर्ष ३५ की राम कुमारी श्रेष्ठ र वर्ष २८ को प्रदिप राणा घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर तर्फ पठाईएइको घटनास्थलमा प्रहरी टोलि खटि गएको छ ।

नवलपरासी: नदिमा डुबि बेपत्ता

मिति २०७५।०१।१० गते जिल्ला नवलपरासी बुङदिकालि गाउपालिका वडा न २ कालिगण्डकी नादिको दोभानमा जिल्ला कैलाली गोदाबरि नगरपालिका ५ स्थाइ घर भइ हाल बुङदिकालि गाउपालिका वडा न २ डेढगाउमा बिजुलिको काम गर्दै आएका वर्ष २३ को कबिराज भट्ट नारायणी नदिमा नुहाउने क्रममा डुबि बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोलि खटि गई खोजिकार्य जारी राखेको छ ।

नवलपरासी: करेन्ट लागि घाईते

मिति २०७५।०१।१० गते जिल्ला नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व० कावासोति नगरपालिका ३ गुम्बाचोक बस्ने वर्ष ६० को मेधनाथ भट्टराई आफ्नै घरको तल्लो तलाबाट माथिल्लो तलामा फलामको सरिया लियर जाने क्रम्मा उक्त सरियाले बिजुलिको लाईनमा छुन जादा करेण्ट लागि घाईते भई उपचारको लागि भरतपुर तर्फ पठाईएको छ । उक्त स्थानमा प्रहरी टोलि खटि गएको छ ।

तनहुँ: भरुवा बन्दुक फेला

मिति २०७५।०१।११ गते अं. ०८:५० बजेको समयमा प्रहरी चौकी रिसिङ रानिपोखरीबाट निस्कीएको मोटरसाईकल गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला तनहुँ रिसीङ गाउँपालीका ७ कान्छी जङगलमा बेवारीसे अबस्थामा रहेको(१ थान भरुवा बन्दुक फेला पारेको र हतियारका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कास्की: ज्ञापन पत्र बुझाएको

मिति २०७५।०१।११ गते ४ नं। प्रदेशको नामाकरण जातीयरसामुदाय विशेषको नाममा नभई प्राकृतिक सम्पदाको नाममा नामाकरण गरिनु पर्ने भन्ने माग राखि क्षेत्री समाज नेपाल जिल्ला कार्य समिति कास्की, ब्राम्हण समाज नेपाल जिल्ला कार्य समिति कास्की, ठकुरी संगम परिवार कास्की, नेपाल दशनामी समाज जिल्ला कार्य समिति कास्की र मुस्लिम धार्मीक संरक्षण सेवा समिती कास्कीका प्रतिनिधीहरुले जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं।३ नदिपुर स्थित ४ नं। प्रदेश सभाहलमा प्रदेश नं। ४ को राजधानी तथा नामाङ्कन सुधार समिति, प्रदेश सभा समिति तथा संयोजक बिन्दु कुमार थापा ज्यूलाई ज्ञापन पत्र बुझाएका छन् । उक्त स्थानमा प्रहरी टोलि खटी गएको छ ।

प्रहरी नायब उपरीक्षक
वीर बहादुर पुलामी 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ