गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
गण्डक न्युज, पोखरा १२ वैशाख । सेती खोँचबाट एक महिलाको शव निकालिएको छ । तनहुँको शुक्लागण्डकी ४ र ८ को सिमानामा पर्ने सेती खोँचबाट सशस्त्र प्रहरीले तीन घण्टाको प्रयासमा शव निकालेको हो ।
रक गार्डेन नजिकै बुधवार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । पानीमा तैरिरहेको शव निकाल्न प्रहरीलाई ३ घण्टा लागेको हो । क्षेत्रीय विपद व्यवस्थापन कार्यदल कालिका गण पोखराबाट सशस्त्र प्रहरी निरिक्षक विपिन देसारको नेतृत्वको ९ सदस्यीय टोलीले शव निकालेको हो । सेती किनारमा अग्लो भिर भएकाले ‘¥याप्लीङ एण्ड क्लाइबीङ’ को सामाग्री प्रयोग गरी शव झिकिएको उनले बताए ।
शव पोखरातिरबाट बगेर तनहुँ पुगेको अनुमान गरिएको छ । ‘एक हप्ता अघि पोखराबाट एक महिला हराएकी थिइन, सोहि महिलाको शव हुन सक्छ ।’ डाडाँको नाक प्रहरी चौकीका प्रमुख डिएसपी गोविन्द पुरीले भने । उनले बिहिवार पोष्टमार्टम पछि थाहा हुने बताए ।
वडा प्रहरी कार्यालय रामबजारमा एक हप्ता अघि ४८ वर्षिया बालकुमारी गिरी हराएको भनि निवेदन परेको डिएसपी पुरिले पुष्टि गरे । शव फेला परेको थाहा पाएपछि गिरीका आफन्त सम्पर्कमा आएको उनले बताए । आफन्तले एकिन गरेपछि शव बुझाईने प्रहरीले जनाएको छ । यसरी निकालिएको थियो शवलाई …
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’