गण्डक न्युज, पोखरा १२ वैशाख । सेती खोँचबाट एक महिलाको शव निकालिएको छ । तनहुँको शुक्लागण्डकी ४ र ८ को सिमानामा पर्ने सेती खोँचबाट सशस्त्र प्रहरीले तीन घण्टाको प्रयासमा शव निकालेको हो ।
रक गार्डेन नजिकै बुधवार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । पानीमा तैरिरहेको शव निकाल्न प्रहरीलाई ३ घण्टा लागेको हो । क्षेत्रीय विपद व्यवस्थापन कार्यदल कालिका गण पोखराबाट सशस्त्र प्रहरी निरिक्षक विपिन देसारको नेतृत्वको ९ सदस्यीय टोलीले शव निकालेको हो । सेती किनारमा अग्लो भिर भएकाले ‘¥याप्लीङ एण्ड क्लाइबीङ’ को सामाग्री प्रयोग गरी शव झिकिएको उनले बताए ।
शव पोखरातिरबाट बगेर तनहुँ पुगेको अनुमान गरिएको छ । ‘एक हप्ता अघि पोखराबाट एक महिला हराएकी थिइन, सोहि महिलाको शव हुन सक्छ ।’ डाडाँको नाक प्रहरी चौकीका प्रमुख डिएसपी गोविन्द पुरीले भने । उनले बिहिवार पोष्टमार्टम पछि थाहा हुने बताए ।
वडा प्रहरी कार्यालय रामबजारमा एक हप्ता अघि ४८ वर्षिया बालकुमारी गिरी हराएको भनि निवेदन परेको डिएसपी पुरिले पुष्टि गरे । शव फेला परेको थाहा पाएपछि गिरीका आफन्त सम्पर्कमा आएको उनले बताए । आफन्तले एकिन गरेपछि शव बुझाईने प्रहरीले जनाएको छ । यसरी निकालिएको थियो शवलाई …
सम्बन्धित खबर
गाउँमा करोडौँको सुन्तला, बाटो नहुँदा बजार पुर्याउन सकस
दमौलीको मादी नदीमाथि ‘आर्क डिजाइन’ को पुल निर्माण सुरु
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
पोखरा आउँदै गरेको ट्रकले ठक्कर दिँदा भिमादकी सुकमायाको मृत्यु
तनहुँमा डेंगु सङ्क्रमणबाट थप एक बालकको मृत्यु
२ हजार जरिवाना नतिरेका तनहुँका शिवराज ५ महिनापछि पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका