पोखरा, १२ वैशाख / पोखरा जेसिजले विविध कार्यक्रमका साथ जेसीज वीकइण्ड २०१८ मनाउने भएको छ । ‘फरक अनुभूतिका लागि परिवर्तन स्वीकारौं’ भन्ने नाराका साथ पोखरा जेसीजले तीन दिने कार्यक्रम गर्न लागेको हो ।जेसीजले वार्षिक कार्यक्रम अनुसार विविध सामाजिक कार्य गर्दै वीकईण्ड मनाउँदै आएको छ।
वीकइण्ड अन्तर्गत वैशाख १४ गते पोखरा लेखनाथ महानगरपालिकाको सभाहलमा संसदीय सभा प्रणाली तालिम कार्यक्रम आयोजना गरिएको पोखरा जेसीजका अध्यक्ष शिव सुवेदीले जनाए । उनका अनुसार वैशाख १५ गते जनजागृति आधारभूत विद्यालय पोखरा २१, निर्मलपोखरीमा निशुल्क स्वास्थ्य शिविर तथा दन्त परिक्षण, वैशाख १६ गते पोखरा उद्योग वाणिज्य संघमा उत्कृष्ट शैक्षिक जीवन सम्बन्धी परामर्श तथा उत्प्रेरणा तालिम प्रदान गरिने बताए ।
पोखरा जेसीजले स्थापनाकाल देखि नै युवाहरु लक्षित व्यक्तित्व विकास कार्यमा सकृय भूमिका निर्वाह गर्दै आईरहेकोले सामाजिक विकास कार्यक्रम स्वरुप आयोजना गरिएको पोखरा जेसीज वर्ष ०१८ का महासचिव गणेश गिरीले जानकारी दिए ।
कार्यक्रममा नेपाल जेसिज, पोखरा लेखनाथ महानगरपालिका, पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर, डक्टर्स डेन्टल एण्ड इम्प्लान्ट सेन्टर, पोखरा उद्योग वाणिज्य संघ, हिसान नेपाल संस्थाहरुले सहकार्य गर्ने छन् ।
सम्बन्धित खबर
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी
प्रेमलाई ‘मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड’, पुरस्कारको रकममा थपेर बाढीपीडितलाई प्रदान
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी