गण्डक न्युज पोखरा, १३ वैशाख । तनहुँको शुक्लागण्डकी ४ र ८ को सिमानामा पर्ने सेती खोँचबाट निकालिएको शव पोखराबाट एक हप्ता अघिदेखि सम्पर्कविहीन भएकी महिलाको भएको पुष्टि भएको छ ।
पोखरा १५ भेडीफारामकी बालकुमारी गिरी (सीता) गत वैशाख ६ गते विहीबार दिउँसोदेखि परिवारबाट सम्पर्कविहीन भएकी थिईन् । घर नजिकै गलेश्वरचोकबाट महेन्द्रपुल जाने भन्दै गाडी चढेकी उनी फर्केर आईनन् । त्यसपछि परिवार खोजीमा जुटेको थियो ।
शव निकालेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएकोमा परिवारले उनकै शव भएको पुष्टि गरेको इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख डिएसपी गोविन्द पुरीले गण्डकन्यूजलाई जानकारी दिए । अनुहार चिन्न नसक्ने अवस्थामा भएपनि परिवारले पहिचान गरेको उनले बताए ।

४८ वर्षीया गिरी अध्यात्मिक स्वभावको रहेको र परिवारमा कुनै मनमुटाव नरहकाले ज्यान फाल्ने जस्तो नराम्रो गरेकी छैनन् भन्ने परिवारको ठम्याई थियो । तर पनि सेती खोँचहरुमा प्रहरीको रेस्क्यु टीम सहित खोजी कार्यमा जुटेका थिए । गिरीले घरमा पत्र समेत छाडेर आफूलाई नखोज्न र आफ्नो चिन्ता नलिन आग्रह गरेको पारिवारीक श्रोतले जनाएको छ ।
सशस्त्र प्रहरीले बुधबार रक गार्डेन क्षेत्रमा तैरिएको शव तीन घण्टाको प्रयासमा निकालेको हो । रक गार्डेन नजिकै बुधवार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेपछि क्षेत्रीय विपद व्यवस्थापन कार्यदल कालिका गण पोखराबाट सशस्त्र प्रहरी निरिक्षक विपिन देसारको नेतृत्वको ९ सदस्यीय टोलीले शव निकालेको हो ।
सेती किनारमा अग्लो भिर भएकाले ‘¥याप्लीङ एण्ड क्लाइबीङ’ को सामाग्री प्रयोग गरी शव झिकिएको उनले बताए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु