पोखरामा अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ, एउटी आमाको काँक्रो खोसेर ट्राफिक प्रहरी र नगर प्रहरीले देखाएको दादागिरी । पत्रकार शिवराज बस्ताकोटी (शिव दाइ) ले बेलुका फेसबुकमा आएर फोटो र त्यसबेलाको घटनाक्रम सविस्तार उल्लेख गरेका छन् । सयौंले शेयर लाइक, कमेन्ट गरेका छन् ।
यही वैशाख ९ गतेको दिन हो । एउटी ५० वर्ष नाघेकी आमा क्रेट भरी काँक्रो बोकेर सकि नसकि पृथ्वीचोक सडकमा हिँडिरहेकी थिईन् । पृथ्वीचोक क्षेत्रमा अहिले सडक बन्ने क्रममा छ । ट्राफिक प्रहरी कार्यालय नजिकै भएर हिँड्नुपर्ने बाध्यता छ । उनलाई देखेपछि ट्राफिक प्रहरीले भित्रै बोलाए । काँक्रो किन्न भनेर बोलाएको ठान्दै महिला भित्र गईन् । त्यसपछि ट्राफिकले निर्दयी ढंगले क्रेट नै खोसेर कार्यालय प्रमुखकै कार्यकक्षमा लगे । के भयो बाबु भन्दै उनी पछि पछि गईन् । दुई वटा काँक्रो ट्राफिकलाई नै ल खाउ बाबु गर्मी छ भनेर दिईन् । ट्राफिकले लिन मानेनन् । केहि छिनमा नगरप्रहरी पो आयो ।
नगर प्रहरी ट्राफिक प्रहरी कार्यालय भित्रै पुगेर काँक्रोले भरिएको क्रेट बोकेर गयो । उनी डाँको छोडेर रुन लागिन् । पत्रकार शिव दाइले लेखेका छन्ः म हेरेको हेर्यै भए यसरी कानुन नियमका नाममा ती दिन भर काक्रो बेचेर भरे बेलुका दाल चामल किनेर छोराछोरीलाई पाल्न विवश होलिन् । ट्राफिक प्रहरीलाई भने मैले आक्रोस पोखेँ । म आफै निरीह बन्नु पर्दा धिक्कार छ ।’
छोराछोरीको कमाइ खाएर घरमै सुतेर बस्ने बेला यी महिला रहरले काँक्रोको क्रेट बोकेर चर्को घाममा हिँडेकी पक्कै थिईनन् । पोखरामा सडकसम्मै आउने गरी सामान निकालेर ठूला व्यवसायीले फुटपाथ कब्जा गर्छन्, पोखरा लेखनाथ महानगरपालिका बोल्न सक्दैन । नगर प्रहरी देखेको नदेख्यै गर्छ । साना डोके व्यवसायीलाई यसरी दुःख दिएर मनमा हरि समेत नभएको झैं प्रस्तुत हुन्छ । सानालाइै ऐन, ठूलालाई चैन ।
पोखरामा सडक व्यापार बन्द गरिएको छ । नियमानुसार पाईंदैन तर के तरिका ठीक भयो त ? सडकमा हिँडिरहेकी बृद्धालाई भित्र डाकेर नगर प्रहरी बोलाएर धुरुधुरु रुवाउनु मानवीय धर्म हो ? यो प्रश्न तिनै ट्राफिक र नगर प्रहरीलाई । पोखरा कुरुप बनाएको यिनै महिलाहरुले हो ? सार्वजनिक स्थान कब्जा गरेर बसेका भारतबाट आएका मगन्ते समुदाय, बाटोमा मागि हिँड्नेलाई नियन्त्रण गर्ने के छ महानगरको योजना ?
https://www.facebook.com/permalink.php?story_fbid=2092746774317710&id=100007472235722
सम्बन्धित खबर
नेपाल पत्रकार महासंघ कास्कीको मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
पोखराको र्यान्डम रिडर्स सोसाइटीमा रमेश भुसालको छालबाटो
अधिकारी समाजको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन
प्रचण्ड कप भलिबलको उपाधि एपीएफले जित्यो
प्रचण्ड कप भलिबल: एभरेस्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो
वालिङ्का इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ