फ्रिज सट भएर आगलागी, सिलिण्डर जोगाएपछि ठूलो क्षति टर्यो

फ्रिज सट भएर आगलागी, सिलिण्डर जोगाएपछि ठूलो क्षति टर्यो

3

कञ्चन थापा पोखरा, १३ वैशाख / पोखरा १० अमरसिंहचोक स्थित एक घरमा फ्रिज सट भएर आगलागी हुँदा साढे २ लाख बराबरको क्षति भएको छ । भाडाको कोठामा बस्ने रोजी श्रेष्ठको कोठामा आगलागी भएको हो । फ्रिज सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

दिउँसो ४ बजेको समयमा आगलागी भएको हो । त्यस समय तल ब्युटिपार्लरमा रहेको रोजीले बताईन् । नजिकै छिमेकीले कोठाबाट धुँवा निस्केको देखेपछि रोजीलाई खबर गरेका थिए । तत्काल उनी ब्युटिपार्लरबाट कोठामा उक्लिन् र ग्याँस सिलिण्डर निकालिन् ।

सिलिण्डर जोगाएकै कारण ठूलो क्षति टरेको हो । घटनापश्चात् प्रहरी र स्थानीय मिलेर आगो निभाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ