मुस्ताङमा छड्के अनुगमन, लेवल नलगाईएका स्याउको ब्राण्डी, घरेलु मदिरा, अखाद्य वस्तु नष्ट

मुस्ताङमा छड्के अनुगमन, लेवल नलगाईएका स्याउको ब्राण्डी, घरेलु मदिरा, अखाद्य वस्तु नष्ट

akhadyaa

सुन्दर कुमार थकाली, मुस्ताङ, १३ बैशाख / जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा बुधबार  र विहीबार मुस्ताङमा नियमित छड्के बजार अनुगमन भएको छ । मुस्ताङमा एक वर्षपछि पहिलो बजार अनुगमन भएको हो ।

कार्यालयका शाखा अधिकृत जितेन्द्र बलामी तथा प्रहरी नीरिक्षक मित्रबहादुर आचार्यको संयुक्त नेतृत्वको टोलिले बुधबार थासाङ गाउँपालिका २ लार्जुङ, कोवाङ, खन्ती, थासाङ गाउँपालिका १ टुकुचे र घरपझोङ गाउँपालिका २ मार्फामा बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा करिव १ लाख मुल्य बराबरको घरेलु मदिरा, अन्तशुल्क लेवल नलगाईएका स्याउको ब्राण्डी र म्याद गुज्रिएका अखाद्य वस्तु बरामत भएको कार्यालयका शाखा अधिकृत जितेन्द्र बलामीले जानकारी दिए ।

उनले पर्यटकिय जिल्ला मुस्ताङमा स्थानीय र जिल्लामा भित्रिने पर्यटकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर बजार अनुगमन भएको जनाए । बजार अनुगमनमा सरकारलाई कर छली गरेर अन्त:शुल्क लेवल नलगाईएका घरेलु मदिरा र स्याउका ब्राण्डी बरामत भएको उनको भनाई छ।

प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, प्रहरी, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, कोष तथा लेखा नियन्त्रक कार्यालय, मुस्ताङ उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च, नागरिक समाज र पत्रकारको रोहबरमा बुधवार साँझ नै बरामद गरिएका सामग्री नष्ट गरिएको छ ।

अनुगमनमा जफत गरिएका सामाग्रीहरुमा घरेलु मदिरा १ सय १५ लिटर, स्याउको ब्राण्डी ५२ वोतल, फ्रुटी २२ वटा, चामलको पिठो ८ प्याकेट, बिस्कुट ६० प्याकेट, चिउरा २७ प्याकेट, मसला १ सय २७ वटा, खाने तेल १९ थान, सोडा ३ बोतल, कोकाकोला ८ बोतल, रेडबुल १७ वटा लगायत थुप्रै अखाद्य सामाग्री बरामद भएको प्रहरी नीरिक्षक मित्रबहादुर आचार्यले जानकारी दिए ।

यस्तै विहीबार मुक्ति क्षेत्रका मुक्तिनाथ, झार्कोट, खिंगा, कागबेनीमा अनुगमन गरिएको छ । विहीबार पनि एक लाख बढी अखाद्य वस्तु जफत गरि नष्ट गरिएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले दशै, तिहार र फागुपुर्णिमा जस्ता चाडपर्वमा बजार अनुगमन गर्दे आएकोमा लामो अन्तरालपछि पुन: अनुगमनलाई निरन्तरता दिईएको हो । कार्यालयले व्यवसायीहरुलाई सचेतना अभिबृद्धि गर्न कार्यक्रम संञ्चालन गर्ने जनाएको छ ।

व्यवसायीहरुलाई आमजनताको स्वास्थमा प्रतिकुल हुने गरी म्याद नाघेका सामान बिक्रि नगर्न समेत अनुरोध गरेको छ भने यदि म्याद गुज्रिएका सामान स्टक भएमा प्रशासनलाई जानकारी गराएमा कम्पनीमा फिर्ता गर्न समय उपलब्ध गराईने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ