हिमालपारी मुस्ताङमा युवा रोजगार र उद्यमशिलताबारे अभिमुखिकरण

हिमालपारी मुस्ताङमा युवा रोजगार र उद्यमशिलताबारे अभिमुखिकरण

unnamed

सुन्दर कुमार थकाली, मुस्ताङ १३ वैशाख / ‘समृद्ध नेपालका लागि स्वस्थ्य,कर्मठ र उद्यमी युवा’ भन्ने राष्ट्रिय नारा सहित युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय युवा परिषद अन्तर्गत जिल्ला युवा समिति मुस्ताङको आयोजनामा बिहिवार उद्यमशिलता र युवा रोजगार विषयक एकदिने परामर्श अन्तरक्रिया भएको छ ।

हिमालपारीका युवाशक्तिलाई उद्यमशिलता र आर्थिक स्वरोजगारको मार्ग पहिल्याने उद्देश्यले जिल्ला युवासमिति मुस्ताङले कार्यक्रम आयोजना गरेको हो ।युवाहरुलाई विभिन्न पेशा व्यवसायका साथसाथै स्वदेशमै बसेर विभिन्न सरकारी तथा गैरसरकारी निकायमा रोजगारी सृजना गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषदले युवा परामर्शको अवसर जुटाएको हो ।

जसका लागि जिल्लाका विभिन्न कार्यालयका विषयगत प्रतिनिधिहरुले अनुभव आदान÷प्रदान र चुनौतिबारेमा शहजीकरण गरे ।यसरी परामर्श दिनेमा नेपाल प्रहरी,शसस्त्र प्रहरी,नेपाली सेना,जिल्ला स्वास्थ्य कार्यालय,बैङ्क तथा वित्तिय संस्था,घरेलु तथा साना उद्योग,जिल्ला शिक्षा कार्यालय,जिल्ला कृषि बिकास कार्यालय,जिल्ला पशुसेवा कार्यालय र अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना,ईलाका संरक्षणक्षेत्र कार्यालय जोमसोम र मुस्ताङ उद्योग वाणिज्य संघ आदी निकायका प्रतिनिधिले युवाहरुलाई परामर्श दिएका हुन् ।

सो अवसरमा प्रतिनिधिसभाका सांसद प्रेमप्रसाद तुलाचनले बेदेशिक युवाशक्ति पलायन न्युनिकरण गर्न शैक्षिक जागरण अपरिहार्य भएको बताए ।उनले देशका युवाहरुमा छिट्टै धनी हुने सोच र डलर मोहको लतले बिदेश पलायन हुने गरेको स्मरण गर्दे सांसद तुलाचनले बिदेशमा नेपाली युवाले भोग्ने गरेको दुख र पीडाँले आफुनो मन छियाछिया हुने गरेको सुनाए ।रोजगार र उद्यमशिलताको लागि स्वदेशमै प्रसस्त संम्भावना भएको उल्लेख गर्दे तुलाचनले सरकारले एक घर एक रोजगारको कार्यक्रम ल्याएर विभिन्न तालिमको अवसर जुटाएको जानकारी दिए ।

उनले नेपाली युवाको मानसिकता बिदेश जाने,जागिर खाने सोच मात्र भएको उल्लेख गर्दे सांसद तुलाचनले अव युवाहरुको पुरानै मानसिकता र चिन्तनमा परिवर्तन आउनुपर्ने उल्लेख गरे ।‘हामी हिमालीक्षेत्रका नागरिक हौ, हावाहुरी र हिमपात थेग्न सक्छौ, यार्सा गुम्बा खाएर हुर्किएका मुस्ताङे हामी जस्तोसुकै चुनौतिका कार्य गर्न सक्ने छौ।’उनले भने । हिमालपारीको जिल्ला मुस्ताङ पर्यटकिय जिल्ला भएकाले यहा उद्यम र रोजगारको प्रसस्त संम्भावना भएको बताए ।

जिल्ला समन्वय समितिकी उपप्रमुख छिरिङ ल्हामो गुरुङले युवा स्वरोगारको अवसर प्रदान गर्न समितिले गरेको यसप्रकारको कार्यक्रम फलदायी हुने बताईन् ।धेरै शिक्षा आर्जन गरेर बिदेश पलायन भएका युवाहरुले योग्यता अनुसारको काम गर्न नसकेको उल्लेख गर्दे जिसस प्रमुख गुरुङले स्वदेशमै बसेर आयआर्जन गर्नसक्ने थुप्रै बिकल्पहरु भएको उल्लेख गरिन् ।

‘काम सानो र ठुलो हुदैन,योग्यता र क्षमताले हुन्छ’उनले भनीन् हामी जुन धरातलमा छौ ,सोही अनुसारको कर्म गर्न सिकौ,जसले युवाशक्तिलाई सहि गन्तब्यमा पु¥याओस्।’कार्यmक्रम घरपझोङ गाउपालिकाका शिक्षा शाखा अधिकृत मतिलाल चपाईले राष्ट्रिय युवा परिषदले युवा लक्षित कार्यक्रम लागु गरेपनि प्राविधिक समस्याका कारण तालिम अवसर दिलाउन कठिनाई भएको उल्लेख गरे ।

त्यस्तै जिल्ला युवासमितिका अध्यक्ष सम्राट गौचनले जिल्ला युवासमितिको कार्यक्रम ५ वटै स्थानीयतहमा जाने जानकारी दिए ।उनले अध्ययन सकेर बसेका युवाहरु कुन रोजगारको बाटो चयन गर्ने भन्नेबारे अलमल परेका युवालाई कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताए । कार्यक्रम युवा परामर्श सेवा संञ्चालन गरेर सहि गन्तब्यमा पु¥याउने प्रयास भएको माओवादीका जिल्ला सदस्य बिशााल बिकको भनाई छ ।सम्राट गौचनको अध्यक्षतामा भएको कार्यक्रममा संञ्चालन जिवन गोतामेले गरेका थिए ।एकदिने युवा परामर्श अभिमुखिकरणमा ३ स्थानीयतहका करिव ५० युवा उपस्थित थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ