पोखरा, १४ वैशाख /सरकारी पैसाको हिनामिना भएको भन्दै आलोचना हुदै आएको केन्द्रिय सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकास कोष जस्तै प्रदेशमा प्रदेश सांसदले माग गरेका छन् ।
प्रदेश ४ को बैठकमा प्रदेश सांसदहरुले सांसद विकास कोषका लागि ५० लाख रुपैयाँ माग गरेका छन् । संघीय सरकारले प्रंशासनिक खर्च र संरचना निर्माणका लागि पठाएको रकमबाट प्रदेशसभा सांसदलाई ५०/५० लाख रुपैयाँ मागेका हुन् ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकास कोषका लागि भन्दै प्रदेशसभा सदस्यले चालू आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको पहिलो बजेटबाट नै ५० लाख रुपैयाँ छुट्याउन माग गरे । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशसभामा पेस गरेको विनियोजन विधेयकमाथि छलफलमा बोल्ने प्रदेशसभा सदस्यले सरकारले मात्रै सबै क्षेत्रको विकास गर्न नसक्ने भन्दै पहिलो बजेटबाटै निर्वाचन क्षेत्र र सांसद विकास कोषका लागि रकम विनियोजन गर्नु पर्नेमा माग थियो ।
‘सरकारले ठूला आयोजनामा पैसा विनियोजन गर्छ । साना तिना आयोजनाहरु सरकारको नजरमा पर्दैन, तनहूँका सांसद दोवाटे विश्वकर्माले भने–जनताका दैनिकीसँग जोडिने साना आयोजनाहरुमा पनि पैसा चाहिन्छ । त्यसका लागि सांसद विकास कोष सञ्चालन गर्नुपर्छ ।’ उनले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा ५० लाखका दरले बजेट विनियोजन गर्नुपर्ने प्रश्ताव गरेका छन् । अर्की सांसद आशा कोइरालाले पनि सांसदको रोहवरमा साना आयोजनामा बजेट दिने ब्यवस्था हुनुपर्ने बताईन् ।
पहुँच हुनेको सामान्य योजना पनि केन्द्रिय योजनामा पर्छन् । पहुँच नभए ठूला योजनामा पनि पैसा पर्दैन, उनले भनिन्–सबैको उपस्थिती जनाउनका लागि पनि सांसद विकास कोष आवश्यक छ । जनताका प्रत्यक्ष सरोकार राख्ने योजनाहरु तल्लो तहबाटै सम्पन्न गर्न सकिन्छ ।’ उनले योजना बैंक बनाउने सरकारको निर्णय राम्रो भएपनि योजना छनौटमा पक्षपात गर्न नहुने सुझाईन् । नवलपुरकी सांसद ओमकला गौतमले सरकारको बजेट ब्यवहारिक भएको भन्दै निर्वाचन क्षेत्र विकास कार्यक्रम समेट्न आग्रह गरिन् ।
सांसद कृष्णचन्द्र नेपालीले जनताले सरकार भएको महशुस गर्ने गरी बजेट ल्याउनुपर्ने सुझाव दिए । ‘माननीय मन्त्रीज्यूले ठूलो मेहिनत गरेर बजेटका प्राथमिकता तोक्नुभएको छ । यसका लागि धन्यवाद दिन्छु, उनले भने–लोकतान्त्रिक गणतन्त्रको पहिलो फल जनतालाई दिन सक्छौं कि सक्दैनौं सरकारको ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्छ ।’ उनले युवा लक्षित कार्यक्रम घोषणा गरेर बजेटमा समेट्नुपर्ने धारणा राखे ।
सम्बन्धित खबर
स्याङ्जामा संविधान दिवस तीन दिन मनाइने
शान्ति निकेतनका विद्यार्थीले मनाए विज्ञान दिवस
विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिवद्ध: मन्त्री थापा
गण्डकी अस्पताल र बिपी क्यान्सर अस्पतालबीच क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेश अब्बल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रीतः मन्त्री पाठक
मुस्ताङमा २० करोडको लागतमा गुम्बा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग