गण्डक न्युज पोखरा, १५ वैशाख । पोखरामा सवारी दुर्घटना न्यूनिकरण गर्न सचेतनामुलक कार्यक्रम सहित एक हप्तासम्म ट्राफिक सप्ताह गरिने भएको छ ।
जिल्ला ट्राफिक कार्यालय कास्की र नेपाल रेडक्रस सोसाइटी कास्कीको संयुक्त आयोजनामा यही वैशाख १७ देखि २३ गतेसम्म ट्राफिक सम्बन्धि विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना गरिने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सोमबार देखि शुरु हुने ट्राफिक सप्ताहमा प्रभातफेरी देखि चालक परामर्श, पर्चा पम्प्लेट वितरण, आमा समूह तथा कक्षा ९ र १० का विद्यार्थीलाई ट्राफिक सचेतना, जेब्राक्रसमा स्वयम्सेवक परिचालन, रेडियो संवाद, प्याराग्लाइडिङ चालक तथा ड्राइभिङ इन्स्टिच्युटहरुलाई सचेतना कक्षा लगायतका कार्यक्रम आयोजना गरिने जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक ऐन बहादुर मल्लले बताए ।
बैशाख १७ गते प्रभात फेरी, पर्चापम्लेट वितरण, चालक परामर्श, बैशाख १८ गते जेब्राक्रस स्वयमसेवक परिचालन तथा अमरसिंह मावि र महेन्द्र माविका कक्षा ९ र १० का विद्यार्थीलाई सचेतना कक्षा, रेडियो सम्बाद, बैशाख १९ गते ड्राइभिङ इन्स्टिच्युट समितिका प्रतिनिधीहरुलाई सचेतना गराउने कार्यक्रम तय गरिएको प्रहरी निरीक्षक मल्लले बताए ।
त्यसै गरी, बैशाख २० गते प्याराग्लाइडिङ चालकहरुलाई ट्राफिक सचेतना र प्यारामाउण्ड बोर्डिंङ स्कुलमा सचेतना कक्षा, चालक परामर्श, बैशाख २१ गते आमा समूहहरुलाई सचेतना कक्षा, चालक परामर्श, बैशाख २२ गते चालकका लागि ट्राफिक कक्षा, बाराही उच्च माविमा सचेतना कक्षा र बैशाख २३ गते फिल्म हलहरुमा अडियो क्लिप शो सहित समापन गरिने प्रहरी निरीक्षक मल्लले बताए ।
सवारी दुर्घटना ठुलो विपद्को रुपमा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम प्रहरी उपरीक्षक अशोक सिंहले बताए । लापरवाहीकै कारण अधिकाशं सडक दुर्घटना भएको दाबी गर्दै एसपी सिंहले विभिन्न ठाँउमा चेकिङ गर्दा गल्ति गरेको भेटेमा ठाँउको ठाँउ नै कारवाही गर्ने जनाए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखराको मार्गचित्र बनाएर मात्र ट्राफिक व्यवस्थापनमा केन्द्रित हुनु पर्ने सुझाव दिदै पछिल्लो समयमा पोखरामा ट्राफिक जाम हुन सुरु भएकोमा चिन्ता व्यक्त गरे । नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्मराज अधिकारीले सवारीी दुर्घटनाबाट दैनिक औषतमा ६ जनाको ज्यान जाने गरेको उल्लेख गर्दै सावधानी अपनाउनुपर्ने खाँचो औंल्याए ।
क्याप्सनः
वैशाख १७ देखि २३ गतेसम्म ट्राफिक सम्बन्धि विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना गरिने बारे जानकारी गराईदै
तस्विरः रञ्जन अधिकारी आदर्श समाज
सम्बन्धित खबर
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो