मुस्ताङमा ‘युवा मुद्धा कार्यक्रम’ बारेमा पत्रकारसंग अन्तक्रिया

मुस्ताङमा ‘युवा मुद्धा कार्यक्रम’ बारेमा पत्रकारसंग अन्तक्रिया

mstn (2)

सुन्दर कुमार थकाली,मुस्ताङ । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् अन्तर्गत जिल्ला युवा समिति मुस्ताङले ‘युवा मुद्धा विषयक’ पत्रकार अन्तक्रिया गरेको छ । जिल्लाका युवाहरुको वर्तमान समस्या र त्यसको व्यवस्थापन गर्ने उद्देश्यले सम्भावनाको खोजी गर्न अन्तक्रिया गरिएको समितिले जनाएको छ ।

जिल्ला युवासमिति मुस्ताङले आयोजना गरेको कार्यक्रममा वार्षिक कार्यक्रमका बारेमा जानकारी दिदै समितिका कार्यालय प्रमुख मतिलाल चपाईले युवा उद्यम कार्यक्रम प्रभावकारी भएकाले आगामी वर्षहरुमा अन्य युवाहरुलाई समेटेर अघि बढ्ने बताए ।

उनले आर्थिक बेरोजगार र बैदेशिक रोजगारीमा बिदेश पलायन भएका युवाहरुलाई स्वदेशमै आयआर्जन गर्न सकिन्छ भन्ने वातावरण सृजना गर्न राष्ट्रिय युवापरिषदले कार्यक्रम अगाडी बढाएको जनाए । त्यस्तै जिल्ला युवा समितिका अध्यक्ष सम्राट गौचनले युवा उद्यमीहरुलाई उत्साहका साथ जिम्मेवारी पुर्वक व्यवसाय संञ्चालन गर्न आग्रह गरे ।

उनले युवा उद्यमीहरु व्यवसायमा सफल भए युवा समितिको कार्यक्रम सफल हुने उल्लेख गर्दै युवा उद्यमीको प्रगतिको आधारमा लगानी गर्दै जाने जानकारी दिए । अध्यक्ष गौचनले युवा समितिको कार्यक्रम १ वर्षअघि सुरु भएपनि प्राविधिक कारणले जिल्लाका युवालाई लगानी गर्न नसकिएको जनाए ।

पत्रकार अन्तक्रियामा नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दर कुमार थकाली सहित एक दर्जन पत्रकारहरुको उपस्थिती रहेको थियो । यसअघि भएको ग्रामिण युवा उद्यम रकम हस्तान्तरण कार्यक्रममा जिल्ला युवासमितिका अध्यक्ष सम्राट गौचनले राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टङ्कराज बराललाई नगद १० लाखको चेक हस्तान्तरण गरे ।

जिल्ला युवा समितिको कार्यक्रममा छनौटमा परेका थासाङ युवा कृषक समुह र जनजागरण युवा समुह जामसोमका प्रतिनिधिलाई सहकारी संस्थाका अध्यक्ष टङ्कराज बरालले नगद ५–५ लाखको नगद चेक हस्तान्तरण गरेका थिए ।

आर्थिक वर्ष ०७३र०७४ मा थासाङ कृषक समुहलाई गाईपालन र आर्थिक वर्ष ०७४÷०७५ मा जनजागरण युवा समुह जोमसोमलाई धुप उद्यमका लागि ऋण सहयोग प्रदान गरेको हो । युवा समुहले लिएको ऋण किस्ताबन्दीका आधारमा ५ वर्षमा चुक्ता गर्नुपने समितिले जनाएको छ ।

जिल्ला युवा समितिले आयोजना गरेको अन्तक्रियामा पत्रकारहरुले युवा उद्यमबारे जिज्ञासा राखेका थिए । सम्राट गौचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जीवन गोतामेले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ