अनेरास्ववियु भूगोल जिल्ला कमिटीको विद्यार्थी भर्ना अभियान अन्तर्गत कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका ३ को पाउदुर आधारभूत विद्यालय र धारापानी माविका २० विद्यार्थीलाई सहयोग प्रदान गरिएको छ ।
विद्यार्थीलाई आवश्यक पर्ने स्टेशनरी सामाग्री र आवश्यकताका आधारमा ५ विद्यार्थीलाई झोला, कापी, जुत्ता लगायत सामाग्री वितरण गरिएको कमिटिले जनाएको छ ।
क्षेत्रीय अध्यक्ष बलराम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु कास्की अध्यक्ष शेखर गौतमले कास्कीमा कोहि पनि बालबालिका विद्यालय जानबाट बञ्चित हुन नपरोस् भन्दै अभियान थालनी भएको र सबैका लागि सरल र वैज्ञानिक शिक्षा राज्यबाट प्राप्त गर्ने लडाइँमा अनेरास्ववियु लागेको बताए ।
कार्यक्रममा वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ, पूर्व क्षेत्रीय अध्यक्ष रमेश भण्डारी, क्षेत्रीय सदस्य गणेश भण्डारी, सागर गौतमको उपस्थिति रहेको थियो । अहिलेसम्म पाँच सय विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरिएको अनेरास्ववियु क्षेत्रीय इन्चार्ज माधव गौतमले जानकारी दिए । विद्यालय हातमा वृक्षारोपण समेत गरियो ।
सम्बन्धित खबर
बजार अनुगमनप्रति पोउवा संघको प्रतिक्रिया- ‘सामान्य त्रुटिमा व्यवसायीको चरित्रहत्या नहोस्’
मणिपालमा डाक्टर कुटपिट प्रकरणः डीएसपी जोशीको सरुवा, बैदाम कमाण्ड अब राजेन्द्र श्रेष्ठलाई
मणिपालमा अपशब्द बोल्दै ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बनमा परे
टर्की पठाइदिन्छु भन्दै १ करोड १६ लाख ठगी गरेको अभियोगमा पोखराकी सुरूची पक्राउ
गण्डकी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)
मीना सिर्जनशील समावेशी पुरस्कार बिनु र तारालाई
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि