अश्विन दानी, गोरखा । गोरखाको १० किलोमा जिल्ला प्राविधिक कार्यालय गोरखाले बनाउन लागेकोे दरौँदी नदी माथिको मोटरवेल पुल डिजाईन गर्दा नै २२ महिना बितेको छ
दुई बर्ष भित्र निर्माण गरिसक्नु पर्ने भएपनि २२ महिनामा डिजाईन मात्रै सम्पन्न भएको सो कार्यालयले जनाएको छ । उक्त पुलको काम २०७३ असार महिनामा सम्झौता भएको थियो । कार्यालयको सो योजना २०७५ असार मसान्तसम्म सम्पन्न गर्ने गरी पुलको एलाईट एडभेन्चर धनथन जेभि कम्पनी भरतपुरले सम्झौता गरेको प्राविधिक कार्यालय गोरखाका सिनियर जिल्ला ईन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।
पुरानो डिजाईन अनुसार कम्पनीले काम गर्न नसकेकाले डिजाईन परिवर्तन गर्न समय लागेको श्रेष्ठले बताए । ‘पहिलो डिजाईन अनुसार कम्पनीले काम गर्न सकेन’ श्रेष्ठले भने ‘पुलको नक्सा डिजाईन पुन गर्नुपर्ने भएकाले पुलको काम ढिलो भएको हो । अहिले दोस्रो पटकको नक्सा डिजाईन भईसक्यो अब तुरुन्तै काम सुरु हुन्छ ।’ पुल निर्माणका लागि चार करोड छ लाख ६५ हजार सात सय ६३ रुपैँया बजेट विनियोजन भएको श्रेष्ठले बताए ।
दुई बर्ष भित्र पुल बनिसक्नु पर्ने भएपनि अहिलेसम्म नक्सा बनाउने काममै सम्बन्धित निकायका कर्मचारीहरु व्यस्त भएको देखिन्छ । प्राविधिक कार्यालय गोरखाले पहिलो डिजाईन अनुसार ठेकेदारले काम गर्न नसकेको बताए पनि ठेक्का लिएको कम्पनीले भने पहिलो नक्सा पुल बनाउने ठाउँ अनुसार अनुकुल नभएको बताउँछन् ।
‘पुल बन्ने ठाउाँ अनुकुल पहिलेको नक्सा थिएन’ ठेकेदार रामराज पौडेल भन्छन् ‘डिजाईनिङ गलत भएकाले पुनः डिजाईन गरिएकोे छ । नक्सा हात पर्ने बित्तिकै काम सुरु गरिहाल्छौ ।’ डिजाईनका लागि लामो समय खर्च भएकाले निर्धारित समयभित्र काम गर्न नसकिएको पौडेलले जनाए ।
‘पुलको काम अब छिटै नै सुरु हुने प्रक्रियामा छ’ श्रेष्ठ भन्छन् ‘ठेकेदारको कारण काममा ढिलाई भएको रहेछ भने उसले कानुन अनुसारको हर्जना तिर्नु पर्छ । यदि प्राविधिक कारणले काममा ढिलाई भएको रहेछ भने कामको म्याद थप गरिन्छ ।’ कुनैपनि योजनाको स्टमेट संकलन गर्दा खटिने कर्मचारीका कारण स्टेटमेन्ट गलत भएमा उनीहरुलाई कारवाही गर्ने प्रावधान छ ।
पुलको डिजाईन बिग्रिएर पुनः डिजाईन गर्न थालेको सुनेपनि सम्बन्धित कागजात आफुले नहेरेको जिल्ला समन्वय अधिकारी नारायण आचार्यले बताए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ